मेलोडी सुल्तान शिशिर योगीको स्वरमा रहेको कालजयी गीत “सारङ्गी त रेटे पनि” सार्वजनिक

काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्। सोही क्रममा मेलोडी सुल्तानको उपनामले परिचित वरिष्ठ गायक, सङ्गीतकार शिशिर योगीको स्वरमा रहेको कालजयी गीत “सारङ्गी त रेटे पनि” को भिडिओ सार्वजनिक भएको छ ।

गायक योगीले केही दिन अघि आफ्नै अफिसियल युट्युब च्यानल क्जष्कजष्च थ्यनष् बाट सो भिडिओ डिजिटल बजारमा ल्याएका हुन् । राष्ट्रकवि माधव प्रसाद घिमिरेले रचना गरेको यस गीतमा शक्तिबल्लभको सङ्गीत तथा शिला बहादुर मोक्तानको सङ्गीत संयोजन रहेको छ भने गीतको मिक्सिङ प्रदिप श्रेष्ठले गरेका हुन् ।

प्रसिद्ध सिनेम्याटोग्राफर, सम्पादक वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, सिनेम्याटोग्राफी, सम्पादन र ग्राफिक्समा तयार भएको यस म्युजिक भिडिओमा लोकेश भाटको सह सम्पादन रहेको छ । वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्मित यस भिडिओमा प्रमुख कलाकारको रुपमा गायक योगीले स्वयम् अभिनय गरेका छन् । अडियो भर्सनमा सबै नेपाली श्रोताको मन मस्तिष्कमा बस्न सफल यो गीतलाई समयको माग अनुसार भिडिओमा ल्याईएको कुरा गायक योगीले बताएका छन् ।

प्रतीकात्मक भाव भएको यस गीतमा असल सोच, विचार र चिन्तन भएका मान्छे जस्तोसुकै विषम परिस्थितिमा पनि सकारात्मक हुन्छन्, रेटिए पनि मीठो धुन बोलिरहने सारङ्गी झैं भन्ने सन्देश दिएको छ ।

हेर्नुहा्स् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...