मेलोडी सुल्तान शिशिर योगीको स्वरमा रहेको कालजयी गीत “सारङ्गी त रेटे पनि” सार्वजनिक

काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्। सोही क्रममा मेलोडी सुल्तानको उपनामले परिचित वरिष्ठ गायक, सङ्गीतकार शिशिर योगीको स्वरमा रहेको कालजयी गीत “सारङ्गी त रेटे पनि” को भिडिओ सार्वजनिक भएको छ ।

 

गायक योगीले केही दिन अघि आफ्नै अफिसियल युट्युब च्यानल क्जष्कजष्च थ्यनष् बाट सो भिडिओ डिजिटल बजारमा ल्याएका हुन् । राष्ट्रकवि माधव प्रसाद घिमिरेले रचना गरेको यस गीतमा शक्तिबल्लभको सङ्गीत तथा शिला बहादुर मोक्तानको सङ्गीत संयोजन रहेको छ भने गीतको मिक्सिङ प्रदिप श्रेष्ठले गरेका हुन् ।

प्रसिद्ध सिनेम्याटोग्राफर, सम्पादक वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, सिनेम्याटोग्राफी, सम्पादन र ग्राफिक्समा तयार भएको यस म्युजिक भिडिओमा लोकेश भाटको सह सम्पादन रहेको छ । वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्मित यस भिडिओमा प्रमुख कलाकारको रुपमा गायक योगीले स्वयम् अभिनय गरेका छन् । अडियो भर्सनमा सबै नेपाली श्रोताको मन मस्तिष्कमा बस्न सफल यो गीतलाई समयको माग अनुसार भिडिओमा ल्याईएको कुरा गायक योगीले बताएका छन् ।

 

प्रतीकात्मक भाव भएको यस गीतमा असल सोच, विचार र चिन्तन भएका मान्छे जस्तोसुकै विषम परिस्थितिमा पनि सकारात्मक हुन्छन्, रेटिए पनि मीठो धुन बोलिरहने सारङ्गी झैं भन्ने सन्देश दिएको छ ।

 

हेर्नुहा्स् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

कर्णाली प्रदेश समाज, जापान (कान्साई क्षेत्रीय समिति) को तेस्रो अधिवेशन हुँदै

कर्णाली प्रदेश समाज, जापान (कान्साई क्षेत्रीय समिति) को तेस्रो अधिवेशन हुँदै

वि.सं.२०८२ जेठ २६ सोमवार १२:४३

ओसाका, जापानमा रहनुहुने कर्णाली प्रदेशका सम्पुर्ण नेपालीहरू बीच आपसी एकता,...

“१२औं म्यूजिक खबर म्यूजिक अवार्ड – २०८१” भव्य रुपमा सम्पन्न

“१२औं म्यूजिक खबर म्यूजिक अवार्ड – २०८१” भव्य रुपमा सम्पन्न

वि.सं.२०८२ जेठ २५ आइतवार ११:५३

काठमाडौं । "१२औं म्यूजिक खबर म्यूजिक अवार्ड - २०८१" भव्य...

देबी घर्ती र ध्रुब जिसीको स्वरमा नयाँ गीत “बेनी बजार” सार्वजनिक

देबी घर्ती र ध्रुब जिसीको स्वरमा नयाँ गीत “बेनी बजार” सार्वजनिक

वि.सं.२०८२ जेठ २४ शनिवार ०४:०९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

शंकर बिसीको नयाँ मर्मस्पर्शी गीत “एउता नाता” सार्वजनिक

शंकर बिसीको नयाँ मर्मस्पर्शी गीत “एउता नाता” सार्वजनिक

वि.सं.२०८२ जेठ २२ बिहीवार ०७:०६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन

काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन

वि.सं.२०८२ जेठ २० मंगलवार १३:३८

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन...

पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु

पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु

वि.सं.२०८२ जेठ १९ सोमवार १४:२६

काठमाडौँ । पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै...