भुवन परियार र टिका पुनको स्वरमा “नेपालै किन्दिन्छु” सार्वजनिक
वि.सं.२०८० साउन २४ बुधवार ०५:२१
काठमाडौं । हिन्दु नारिहरुको महान चाड तीज नजिक आउदै गर्दा तीज गीतहरु पनि बजारमा आउन थालेका छन् । चेलीको बेदना पोख्नेको रुपमा खास गीतहरु कोर्ने गरिन्छ । यहि क्रममा तीज गीतलाई समेटेर “नेपालै किन्दिन्छु” गीत बजारमा आएको छ । तिलक ओलीको आफ्नै अफिसियल युटुब च्यानलबाट बजारमा आएको हो ।
भुवन परियार र टिका पुनको स्वर भएको गीतमा लय कृष क्षेत्री र भुवन परियारको रहेको छ भने गीतलाई म्युजिक एरेन्ज भने खेमराज गौतमको रहेको छ । स्टुडियो शंकरामा रेकड भएको गीतलाई सागर पुनले रेकडिङ्ग र कुमार सानु पुनले मिक्सिङ्ग गरेका हुन् ।
तिलक शाहीको निर्देशन, सरोज शाहीको छायांकन रहेको भिडियोलाई राज कुमार मगरले सम्पादन गरेका हुन् भने दुर्गेश रानाको सह सम्पादन रहेको छ । भिडियोमा अस्मिता रनपाल र भुवन परियारको दमदार डान्स रहेको छ।
हेर्नुहोस भिडियो ।
वि.सं.२०८० साउन २४ बुधवार ०५:२१