चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ । काठमाडौंको सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा एक विशेष समारोहबीच गीतसंगीतका विभिन्न विधाका श्रष्टालाई अवार्ड प्रदान गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यता रहेको समारोहमा वरिष्ठ संगीतकार राजु सिंहलाई दीर्घसाधना सम्मान अर्पण गरिएको थियो ‘

नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, संगीत क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न जिनियस म्युजिक प्रालिले आफ्नो स्थापनाको दशौं वर्ष पूरा गरेको अवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरी २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड-२०७५’ सम्पन्न गरेको थियो ।

सोहीअनुरूप यस संस्थाले आफ्नो हरेक वार्षिकोत्सवको अवसरमा गीतसंगीतका लोकप्रिय स्रष्टालाई ‘जिनियस म्युजिक अवार्ड’द्वारा पुरस्कृत तथा सम्मान गर्दै आइरहेकोमा ‘जिनियस म्युजिक अवार्ड-२०८०’ मा गीतसंगीतका सतचालीस विधामा अवार्ड प्रदान गरिएको थियो जसमा सर्वोत्कृष्ट तामाङ गायिका बाट रमला पाख्रिन तामाङको ‘साइकोले’ बाट अवार्ड प्राप्त गर्नुभएको थियो। रमला पाख्रिन तामांग ‘म्हेन्दोमाया’ भाकाका लागि चर्चित छिन् । उनले पशिमेली तामांग समुदायको प्रचलित गित म्हेंदोमाया भाका लाइ गाउ ठाउँ देखि राष्ट्रिय अन्तरास्ट्रिय स्तर सम्म पुर्याउन सफल भएको छिन। पशिमेली गित संगीत कै अर्को चर्चित भाका हो साईकोले। हाल सम्म छ सयभन्दा बढी गीतका गायिका रमलाले जति पनि गीत गाएका छन्, ती सबै लोकप्रिय छन् ।

उक्त क्रय्क्रम मा सामाजिक अभियान्ता डा.सीता ढुंगाना, कमेडियन हिमेशराज पन्तको प्रस्तुति रहेको समारोहमा विकास आयुक्त, काठमाडौं उपत्यका विकास प्राधिकरण जानुका ढंकाल, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, वरिष्ठ गीतकार कृष्णहरि बराल, विशिष्ठ कलाकार लय संग्रौला, उत्तम केसी, सुभाष गजुरेल गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, गायिका देविका वन्दना, निर्देशक उज्ज्वल केसी, निर्देशक ईश्वर गुरुङ, नायक तेज गिरी सञ्चारकर्मी राज लुइँटेल, गीता अधिकारीलगायतका अतिथिले अवार्ड विजेतालाई अवार्ड प्रदान गर्नुभएको थियो । कार्यक्रममा जुरी सदस्य र अथितिलाई प्रशंसा पत्रका साथै मायाको चिनो प्रदान गरिएको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३४

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७...

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १३:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...