“आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०८०” असौज ११ गते हुने, अवार्डमा को को हुँदै छन् त सम्मानित ?

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितीको आयोजनामा “आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०८०” साँस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमल, काठमाडौंमा यही असौज ११ गतेका दिन सम्पन्न हुँदै छ । “आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०८०” को अन्तिम संघारमा पत्रकार सम्मेलनको आयोजना गरी बिबिध बिषयमा जानकारी गराईको छ । अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन भन्ने मुल नारा सहित यस अवार्डको आयोजना गर्न लागिएको हो । राष्ट्रिय लोक दोहोरी अवाडलार्ई लोक दोहोरी कलाकारहरुले पर्वको रुपमा लिने गर्दछन् ।

 

बि.सं. २०६२ सालमा स्थापना भएको यस संस्थाले बि.सं. २०६९ सालमा शिब हमाल अध्यक्ष भए लगत्तै “पुजा लोक दोहोरी अवार्ड” सुरु गरेको थियो । बिगतमा कोरोनाको महामारीले केही बर्ष कार्यक्रम सम्पन्न गर्न नसकेतापनि अन्य कार्यक्रम सहित लोक दोहोरी अवार्डले पनि निरन्तरता पाईरहेको छ । “आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०८०” बिभिन्न २४ वटा बिधामा बितरण गर्न लागिएको छ भने लाईफटाईम अचिप्मेन्ट अवार्ड कृष्ण सुधा ढुंगाना, उपत्यका समन्वय बिशिष्ट सम्मान (बेबारिसे लास ब्यवस्थापन कि सदस्य) सपना रोका, संस्थागत सम्मान पुरुषोत्तम न्यौपाने, लोक दोहोरी अवार्ड बिशेष सम्मान शिब हमाल, दशकका श्रष्टा सम्मान एक नारायण भण्डारी, सदाबहार लोक गीत सम्मान बाबरी फुलको बोट (पाण्डब सुनुवार), लोक पत्रकारिता पुरस्कार राजकुमार रायमाझी, दोहोरी साँझ कलाकार सम्मान कृष्ण आँशु आदीलाई प्रदान गरिने कुरा पत्रकार सम्मेलनमा घोषणा गरिएको थियो ।

 

पत्रकार सम्मेलनमा उपत्यका समन्वय समितीका अध्यक्ष अर्जुन थापा मगरको अध्यक्षता रहेको थियो भने प्रतिष्ठानका पुर्व अध्यक्ष दुर्गा रायमाझी, प्रतिष्ठानका पुर्व अध्यक्ष चन्द्र शर्मा, प्रतिष्ठानका सल्लाहकार पृथ्बी थकाली, प्रतिष्ठानका केन्द्रिय कोषाध्यक्ष अमृत अधिकारी, प्रतिष्ठानका केन्द्रिय सचिव पिएन सापकोटा, प्रतिष्ठानका केन्द्रिय सह सचिव राज कुमार रायमाझी, प्रतिष्ठानका केन्द्रिय सदस्य सुजन लम्साल लगायत कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

 

“आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०८०” लाई सभ्य तथा भब्य रुपमा सफल पारिदिन आयोजक कमिटीका अध्यक्ष अर्जुन थापा मगरले अनुरोध गर्दै अग्रज कलाकार र पत्रकारलाई प्रतिस्पर्धा नगराएर सिधै सम्मान गर्न लागिएको कुरा पनि जानकारी गराए । पत्रकार सम्मेलनको कार्यक्रम सञ्चलान उपत्यका समन्वय समितीका सचिव रमेश बाबु थापाले गरेका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...