लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती, काठमाडौंको आयोजनामा सम्पन्न “आठौ राष्ट्रिय लोक दोहोरी अवार्ड – २०८०” मा लोकप्रिय सञ्चारकर्मी, गायक, सर्जक तथा वल्र्ड वाईड टिभि नेपाल डटकमका सम्पादक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा रु ११,१११/- नगद पुरस्कार सहित सम्मानित भएका छन् ।

 

बि. सं. २०६२ मा रेडियो एचबिसिबाट सञ्चार क्षेत्रमा प्रबेश गरेका राजकुमार रायमाझीले नेपाल टेलिभिजन, नेपाल टेलिभिजन प्लस, टि. भि. टुडे, रेडियो उपत्यका, रेडियो मलमलामा लामो समय लोक संगीत सम्बन्धी कार्यक्रम सञ्चालन गरेका थिए भने संगीतयात्रा राष्ट्रिय मासिक र जनदृष्टिकोण राष्ट्रिय मासिकमा निरन्तर कलम चलाएका थिए । हाल उनी रेडियो एन.आर.एन.मा दैनिक कार्यक्रम लोक श्रृजना पनि सञ्चालन गर्दै आएका छन् ।

 

रायमाझी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल केन्द्रीय समितिका सह—सचिव एवं सञ्चार विभाग संयोजक समेत हुन् । करिब १९ बर्षको सञ्चार यात्राको एउटा ठुलो सफलता मिलेको महसुस गदैै रायमाझीले आफुलाई हरेक यात्रामा साथ सपोर्ट गर्ने प्रति र सम्मान गर्ने आयोजक प्रती आभार प्रकट गरेका छन् ।

 

यो सम्मानले अझै थप जिम्मेवारी संगै चुनौती पनि थपिएको बताउदै आफ्नो सञ्चार कर्मलाई अगाडी बढाउने सोच रहेको कुरा रायमाझीले बताए । रायमाझी उपत्यका समन्वय ललितपुर समितीको संस्थापक सह संयोजक हुँदै हालः प्रतिष्ठानको केन्द्रिय सह सचिव भएका छन् । राजकुमार रायमाझीलाई सञ्चार कर्मको योग्दान संगै प्रतिष्ठानका हरेका क्रियाकलापमा योग्दान दिएको भन्दै सम्मान गरिएको कुरा आयोजक पक्षले जानकारी गराएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रम” भब्य रुपमा सम्पन्न

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रम” भब्य रुपमा सम्पन्न

वि.सं.२०८१ चैत १० आइतवार १४:०६

काठमाडौं। म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा...

अशिम कुमार कटुवालको लोक दोहोरी गीत “कसम बिध्यानास” सार्वजनिक

अशिम कुमार कटुवालको लोक दोहोरी गीत “कसम बिध्यानास” सार्वजनिक

वि.सं.२०८१ चैत १० आइतवार १३:३६

काठमाण्डौ । गायक तथा सर्जक दोलखाली युवा जसले नेपाली लोक...

“ब्ल्याक डाइमण्ड ब्युटिसियन नेपाल–२०२५” को ताज सुष्मा दाहाललाई

“ब्ल्याक डाइमण्ड ब्युटिसियन नेपाल–२०२५” को ताज सुष्मा दाहाललाई

वि.सं.२०८१ चैत ८ शुक्रवार ११:४१

काठमाडौं। यो वर्षको ब्युटिसियनहरुको राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ‘ब्ल्याक डाइमण्ड ब्युटिसियन...

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रम” आयोजना हुने

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रम” आयोजना हुने

वि.सं.२०८१ चैत ६ बुधवार १२:५७

काठमाडौं। म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा "कलाकार भेटघाट तथा...

किरण केसी र बिनुसा राईको स्वरमा “केरा खाई बोक्रा फाल्यौ झन्डै लडेको” सार्वजनिक

किरण केसी र बिनुसा राईको स्वरमा “केरा खाई बोक्रा फाल्यौ झन्डै लडेको” सार्वजनिक

वि.सं.२०८१ फागुन २८ बुधवार १३:०९

काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो...

शान्ति श्री परियार र बद्री सापकोटाको नयाँ गीत “नगर मायाले मुख छुच्चो” सार्वजनिक

शान्ति श्री परियार र बद्री सापकोटाको नयाँ गीत “नगर मायाले मुख छुच्चो” सार्वजनिक

वि.सं.२०८१ फागुन २७ मंगलवार १३:३१

काठमाडौं । बहुचर्चित गायिका शान्ति श्री परियार र गायक बद्री...