लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती, काठमाडौंको आयोजनामा सम्पन्न “आठौ राष्ट्रिय लोक दोहोरी अवार्ड – २०८०” मा लोकप्रिय सञ्चारकर्मी, गायक, सर्जक तथा वल्र्ड वाईड टिभि नेपाल डटकमका सम्पादक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा रु ११,१११/- नगद पुरस्कार सहित सम्मानित भएका छन् ।

बि. सं. २०६२ मा रेडियो एचबिसिबाट सञ्चार क्षेत्रमा प्रबेश गरेका राजकुमार रायमाझीले नेपाल टेलिभिजन, नेपाल टेलिभिजन प्लस, टि. भि. टुडे, रेडियो उपत्यका, रेडियो मलमलामा लामो समय लोक संगीत सम्बन्धी कार्यक्रम सञ्चालन गरेका थिए भने संगीतयात्रा राष्ट्रिय मासिक र जनदृष्टिकोण राष्ट्रिय मासिकमा निरन्तर कलम चलाएका थिए । हाल उनी रेडियो एन.आर.एन.मा दैनिक कार्यक्रम लोक श्रृजना पनि सञ्चालन गर्दै आएका छन् ।

रायमाझी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल केन्द्रीय समितिका सह—सचिव एवं सञ्चार विभाग संयोजक समेत हुन् । करिब १९ बर्षको सञ्चार यात्राको एउटा ठुलो सफलता मिलेको महसुस गदैै रायमाझीले आफुलाई हरेक यात्रामा साथ सपोर्ट गर्ने प्रति र सम्मान गर्ने आयोजक प्रती आभार प्रकट गरेका छन् ।

यो सम्मानले अझै थप जिम्मेवारी संगै चुनौती पनि थपिएको बताउदै आफ्नो सञ्चार कर्मलाई अगाडी बढाउने सोच रहेको कुरा रायमाझीले बताए । रायमाझी उपत्यका समन्वय ललितपुर समितीको संस्थापक सह संयोजक हुँदै हालः प्रतिष्ठानको केन्द्रिय सह सचिव भएका छन् । राजकुमार रायमाझीलाई सञ्चार कर्मको योग्दान संगै प्रतिष्ठानका हरेका क्रियाकलापमा योग्दान दिएको भन्दै सम्मान गरिएको कुरा आयोजक पक्षले जानकारी गराएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार ०६:४२

काठमाडौं। कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह "मौन छ...

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार १०:१८

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

वि.सं.२०८३ साउन १४ बिहीवार १८:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १०:४७

काठमाडौं। जनसांकृतिक महासंघ नेपालले साउन १८ गते ईतिहास मै पहिलो...