सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

दुई हप्ता अगाडि गायिका समीक्षा अधिकारीको स्वरमा बजारमा आईसकेको “जीवनको रेल” बोलको गीत पुरुष स्वरमा पनि सार्वजनिक भएको छ । गीतकार दीपेन्द्र अधिकारीको सृजनामा रहेको “जीवनको रेल” बोलको गीतको भिडिओ शुक्रबार डिए क्रिएसन युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

 

गायक तथा सङ्गीतकार सिडी विजय अधिकारीले स्वर दिएको यस गीतमा राजु कार्कीले सङ्गीत संयोजन गरेका छन् । राजधानीको अनामनगरमा रहेको त्रिवेणी डिजिटलमा रेकर्डिङ भएको यस गीतको मिक्सिङ तथा मास्टरिङ राजकुमार बगरले गरेका हुन् ।

 

 

भिडिओ सिलौटो कटेज, अनामनगरमा छायाङ्कन यस म्युजिक भिडिओमा छायाङ्कन, सम्पादन र निर्देशनको भूमिका वीरेन्द्र भाट ‘विपिन’ ले निभाएका छन् । भिडिओमा गीतको मर्मअनुसार गायकलाई मात्र प्रस्तुत गरिएको छ । ‘जीवनको रेल छुटेर जाँदा थाहा नै भएन, सपना सबै टुटेर जाँदा थाहा नै भएन l गर्नलाई त कल्पना सुन्दर गरेकै थिएँ नि, यस्तरी भाग्य फुटेर जाँदा थाहा नै भएन l’ सानातिना क्षणिक खुशी र आवेगमा रमाउँदा जीवनले अर्कै मोड लिएर क्षतविक्षत भएपछि मात्र थाहा भएको प्रसङ्ग गीतमा उल्लेख गरिएको छ । जब जीवनमा हरेक सुख र खुशीहरु लुटिन्छन् त्यतिबेला मान्छे शून्य जस्तै हुन्छ । न उसलाई कसैको भर नै हुन्छ न त डर नै ।

 

 

गीतमा जानेर या कसैको लहैलहैमा गरेका गल्ति र त्यसले पार्ने दीर्घकालिन असरलाई सरल तरिकाले पस्किएको छ । विशेषगरि मुक्तक लेखनमा हात हालेका दीपेन्द्रका मनमोहक पोखर, चुलबुल चुलबुल प्यारी भाञ्जी, नेपालकी छोरी लगायातका गीतहरु यस अगाडि न‌ै नेपाली गीत सङ्गीतको बजारमा आईसकेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

वि.सं.२०८२ असार ३१ मंगलवार १२:३१

काठमाडौँ — आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन...

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...