लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको दशै बिशेष गीत “चचहुँई चचहुँई” सार्वजनिक
वि.सं.२०८० असोज २४ बुधवार १३:१६
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्। सोही क्रममा लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको दशै बिशेष गीत “चचहुँई चचहुँई” सार्वजनिक भएको छ ।
हिन्दुहरुको महान पर्व बिजया दशमीको अवसर पारेर यस गीतलाई बिष्णु खत्रीले सार्वजनिक गरेका हुन् । यस गीतमा उनै बिष्णु खत्री र चर्चित गायिका सुनिता बुढा क्षत्रीले स्वर दिएका छन् । गीतमा शब्द, संगीत बिष्णु खत्री कै रहेको छ ।
यस गीतको भिडियोमा रबिन अधिकारीको परिकल्पना, सिर्जन बराल (ऋषी) को निर्देशन, रेशम दर्लामीको छायांकन, अमृत चापागाईको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा बिनम्र खत्री र आयुश्मा कार्कीको अभिनय रहेको छ । यस गीतलाई बिष्णु खत्रीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् भिडियो ।
वि.सं.२०८० असोज २४ बुधवार १३:१६