कमल बिरही थापाको “चिना हराएको मान्छे” सार्वजनिक (भिडियो सहत)

दक्षिण कोरियालाइ बिगत ७ वर्षदेखि आफ्नो कर्मथलो बनाउदै आएका सर्जक तथा गायक कमल बिरही थापाले कठै सुदूरपश्चिम मेरो जन्मथलो रोयाको छ (ईजु) गीतको अपार सफलता पछि ‘इजु भाग २’ को रुपमा “चिना हरायाको मान्छे” एकल स्वरमा रहेको डोट्याली भाषाको गीत आफ्नै यूट्युब च्यानल कमल बिरही थापा मार्फत बजारमा ल्याएका छन् ।

परदेशिको पीडालाई अत्यन्तै मार्मिक र सुन्दर ढङ्गले प्रस्तुत गरिएको उक्त गीत दक्षिण कोरियामा सुटिङ भएको पहिलो डोट्याली भाषाको गीत हो । भिडियोको थुप्रै भागमा नेपाली भुभाग, नेपाली परिवेश देखाउनुपर्ने तर परदेशमा ती सम्पुर्ण कुरा त्यति सजिलो नभएपनी भिडियोमा सकेसम्म नेपालीपन देखाउने प्रयास गरिएको छ ।

विशेष गरि नवप्रतिभा चन्द्र श्रेष्ठ र अप्सरा मैनालीको मुख्य अभिनय रहेको यो गीतमा प्रेम तामाङ, सुमन तामाङ, बिष्णुप्रसाद गौतम, गणेश बोहरा, राजेश कुमार, सुनिता माझी कोरियन नागरिक यून जोसेफ र दावा आर लामाले सहायक भुमिका निभाएका छन् भने बालकलाकारको रुपमा ३ वर्षे बालिका छुपु डोल्मो तामाङ रहेका छन् ।

कमल बिरही थापा एक उत्कृष्ट गीतकार, गायक, सङ्गीतकार तथा साहित्यकार पनि हुन् । उनी सबै प्रकारका गीत गाउन सक्ने एक भर्सटाइल कलाकार हुन् । कोरियामा रहेर कोरियन गीत प्रतियोगितामा समेत विभिन्न देशका कलाकारलाई उछिनेर दुई पटक प्रथम र एक पटक द्वितीय स्थान हासिल गरिसकेका छन् । यस गीतमा निर्देशक, सम्पादक र छायांकार पनि स्वयं कमल बिरही थापा नै रहेका छन् ।

गीतको भिडियो हेर्न तल दिएको लिङ्कमा क्लिक गर्नुहोस् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...