कमल बिरही थापाको “चिना हराएको मान्छे” सार्वजनिक (भिडियो सहत)

दक्षिण कोरियालाइ बिगत ७ वर्षदेखि आफ्नो कर्मथलो बनाउदै आएका सर्जक तथा गायक कमल बिरही थापाले कठै सुदूरपश्चिम मेरो जन्मथलो रोयाको छ (ईजु) गीतको अपार सफलता पछि ‘इजु भाग २’ को रुपमा “चिना हरायाको मान्छे” एकल स्वरमा रहेको डोट्याली भाषाको गीत आफ्नै यूट्युब च्यानल कमल बिरही थापा मार्फत बजारमा ल्याएका छन् ।

 

परदेशिको पीडालाई अत्यन्तै मार्मिक र सुन्दर ढङ्गले प्रस्तुत गरिएको उक्त गीत दक्षिण कोरियामा सुटिङ भएको पहिलो डोट्याली भाषाको गीत हो । भिडियोको थुप्रै भागमा नेपाली भुभाग, नेपाली परिवेश देखाउनुपर्ने तर परदेशमा ती सम्पुर्ण कुरा त्यति सजिलो नभएपनी भिडियोमा सकेसम्म नेपालीपन देखाउने प्रयास गरिएको छ ।

 

विशेष गरि नवप्रतिभा चन्द्र श्रेष्ठ र अप्सरा मैनालीको मुख्य अभिनय रहेको यो गीतमा प्रेम तामाङ, सुमन तामाङ, बिष्णुप्रसाद गौतम, गणेश बोहरा, राजेश कुमार, सुनिता माझी कोरियन नागरिक यून जोसेफ र दावा आर लामाले सहायक भुमिका निभाएका छन् भने बालकलाकारको रुपमा ३ वर्षे बालिका छुपु डोल्मो तामाङ रहेका छन् ।

 

कमल बिरही थापा एक उत्कृष्ट गीतकार, गायक, सङ्गीतकार तथा साहित्यकार पनि हुन् । उनी सबै प्रकारका गीत गाउन सक्ने एक भर्सटाइल कलाकार हुन् । कोरियामा रहेर कोरियन गीत प्रतियोगितामा समेत विभिन्न देशका कलाकारलाई उछिनेर दुई पटक प्रथम र एक पटक द्वितीय स्थान हासिल गरिसकेका छन् । यस गीतमा निर्देशक, सम्पादक र छायांकार पनि स्वयं कमल बिरही थापा नै रहेका छन् ।

 

गीतको भिडियो हेर्न तल दिएको लिङ्कमा क्लिक गर्नुहोस् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

उपत्यका समन्वय समितीको “२० औं वार्षिक साधारण सभा तथा सातौं अधिबेशन – २०८२” मा प्रसाद लामिछाने निर्वाचित, अन्य कुन कुन पदमा को को निर्वाचित भए त ?

उपत्यका समन्वय समितीको “२० औं वार्षिक साधारण सभा तथा सातौं अधिबेशन – २०८२” मा प्रसाद लामिछाने निर्वाचित, अन्य कुन कुन पदमा को को निर्वाचित भए त ?

वि.सं.२०८२ मंसिर २१ आइतवार १२:५१

प्रकाश बराईली "अभिब्यक्ति" काठमाडौं, नेपाल   राष्ट्रिय लोक तथा दोहोरी...

पार्वती बिश्वकर्मा र राम परियारको स्वरमा पृथक गीत “उनिको स्विटर” सार्वजनिक (भिडियो सहित)

पार्वती बिश्वकर्मा र राम परियारको स्वरमा पृथक गीत “उनिको स्विटर” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १०:१०

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सुजन म्युजिक प्रा. लि.को आयोजनामा “तेस्रो इन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०८२” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक (बिबरण सहित)

सुजन म्युजिक प्रा. लि.को आयोजनामा “तेस्रो इन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०८२” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक (बिबरण सहित)

वि.सं.२०८२ मंसिर १९ शुक्रवार ०८:४४

काठमाडौं। "सुजन म्युजिक प्रा. लि.को आयोजनामा "तेस्रो इन्डो नेपाल सुजन...

अमृत रामदामको मौलिक गीत “बासीहालो बिहानै भाले” सावजनिक

अमृत रामदामको मौलिक गीत “बासीहालो बिहानै भाले” सावजनिक

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०६:२३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

रमेश बिक्रम रत्नको नयाँ गीत  “टेम्पो ढोलकी” अघी सार्वजनिक

रमेश बिक्रम रत्नको नयाँ गीत  “टेम्पो ढोलकी” अघी सार्वजनिक

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०६:०७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

क्रोयसियाको इभान्कोभो स्थित रेलको ठक्करबाट एक नेपालीको मृत्यु

क्रोयसियाको इभान्कोभो स्थित रेलको ठक्करबाट एक नेपालीको मृत्यु

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०५:३५

भिम ओलि युरोप सम्बाददाता (क्रोयसिया)   क्रोयसियाको इभान्कोभो स्थित रेलको...