चर्चित एरेञ्जर रमेश सेञ्चुरीको दशैं बिशेष गीत “घर फर्क परदेशी” सार्वजनिक
वि.सं.२०८० असोज ३० मंगलवार १६:२८
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।
सोही क्रममा चर्चित एरेञ्जर रमेश सेञ्चुरीको दशैं बिशेष गीत “घर फर्क परदेशी” सार्वजनिक भएको छ । उस गीतमा रमेश सेञ्चुरी र सुनिता पन्तको स्वर रहेको छ भने रमेश सेञ्चुरीको शब्द, संगीत, एरेञ्ज र मिक्सिङ रहेको छ ।
गीतमा तिलक रोकाको निर्देशन र छायांकन रहेको छ भने भिम बि. पौडेलको सम्पादन रहेको छ । यस गीतलाई एस.आर. फिल्मस् नेपाल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् भिडियो ।
वि.सं.२०८० असोज ३० मंगलवार १६:२८