म्यूजिक खबरको को “७ औं वार्षिकोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम” सम्पन्न

काठमाडौं । स्तरिय एवं मौलिक संगीतको धार, नेपाली गीत सङ्गीतको आधार मुल नाराका साथ स्थापित नेपालको एकमात्र सांगीतिक पाक्षिक पत्रिका म्यूजिक खबरले आफ्नो सातौं वर्ष पुरा गरेकोछ । यहि अवसरमा म्यूजिक खबरको को “७ औं वार्षिकोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम” सम्पन्न भएको छ ।

 

राजधानीको बालुवाटार स्थित नेपाल हाउसमा आयोजत कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपलकुलपति प्रतिष्ठित संगीतकार संगीतरत्न शम्भुजित बाँस्कोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

म्यूजिक खबर पाक्षिकले वरिष्ठ सङ्गीतकार तथा गायक शक्ति बल्लभलाई ‘म्यूजिक खबर विशिष्ट स्रष्टा सम्मान’ अर्पण गरेको छ । समारोहमा गायक प्रकाश सपुतलाई उत्कृष्ट वर्ष गायकको सम्मान अर्पण गरिएको थियो । त्यस्तै गायिका शान्तिश्री परियारले उत्कृष्ट वर्ष गायिकाको सम्मान ग्रहण गरिन् भने लोकप्रिय सङ्गीतकार दिपक शर्मालाई वर्ष संगीतकारबाट’ बाट सम्मानित गरिएको थियो ।

 

म्यूजिक खबर कला सम्मानबाट वरिष्ठ म्यूजिक भिडियो निर्देशक प्रकाश भट्ट, लोकप्रिय मोडल सागर लम्साल क्षेत्री बले र एरेन्जर नरेन्द्र वियोगीलाई सम्मान गरिएको थियो । सञ्चार क्षेत्रबाट अग्रज पत्रकार निराजन भण्डारी सम्मानित भए भने म्यूजिक खबर व्यवसायी सम्मानबाट इन्द्रेणी स्वीट होटल एवं इन्द्रेणी कप्लेक्सका संचालक शम्भू श्रेष्ठ सम्मानित भए ।

 

त्यस्तै समारोहमा म्यूजिक खबर साहित्य सम्मानबाट साहित्यकार अनु शाह सम्मानित भइन् । त्यसैगरी युवा पत्रकार रश्मी थापा र जीना कार्कीलाई सम्मानित गरियो । म्यूजिक खबर संगीत सम्मानबाट संगीतकार सुभाष प्रधान, म्यूजिक खबर गायन सम्मानबाट गायक हरिराम परियार, गायिका सन्जु न्यौपाने, गायिका कल्पना सुनुवार सम्मानित भए भने मोडल अनिता गिरीलाई म्युजिक खबर कला सम्मानबाट सम्मानित गरियो । त्यस्तै सीबी माउन्ट फ्रेमिङका संचालक च्याङ्बा लामालाई व्यवसायी सम्मान प्रदान गरियो भने कार्यक्रम प्रस्तोताको सम्मान सेसेमी लिम्बुलाई प्रदान गरियो ।

 

त्यसैगरी म्यूजिक खबरलाई सहयोग गर्ने नेपाल हाउसका प्रबन्ध निर्देशक टिका गौतम, कोरियोग्राफर सरोज बोलखे, फोटोग्राफर देवराज आचार्य, लक्ष्मीगणेश अफसेट प्रेसलाई कदरपत्रद्वारा सम्मान गरियो ।

 

सम्मानित ब्यक्तित्वहरूलाई कार्यक्रमका क्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपलकुलपति शम्भुजित बास्कोटा, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, तमु कलाकार संघका अध्यक्ष बरिष्ठ गायिका शर्मिला गुरुङ, एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइराला, रोयल्टी संकलन समाजका उपाध्यक्ष चन्द्र शर्मा, प्राज्ञ तथा बरिष्ठ गायक दुर्गा रायमाझी कार्यक्रमकी अध्यक्ष सबिता पोखरेललगायतले सम्मान पत्र, माला तथा खादा ओढाएर सम्मान गरेका थिए ।

 

कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै म्यूजिक खबरका अध्यक्ष सुमन बैरागीतले सम्पूर्ण गायक, गायिका, संगीतकार, गीतकार, संगीतकर्मीहरुको माया र सद्भावले म्यूजिक खबरले ७ वर्ष लामो यात्रा तय गर्न सकेकोमा खुशी व्यक्त गरेका थिए । बैरागीले पछिल्लो समयमा छापा मिडियाको संख्या घटेता पनि यसको विश्वसनियता र महत्व झन् झन् बढ्दै गएको बताए । फस्टाएको अनलाईन पोर्टलले बाइलाइन र दुइलाइनको पत्रकारिता गरेता पनि छापा माध्यमको म्यूजिक खबरले नेपाली कलाकार र नेपाली कला संस्कृतिकै पक्षमा कलम चलाउँदै आएको बताए । नेपाली गीतसंगीतको विकास, विस्तार, प्रबद्र्धन र सम्बद्र्धनका खातिर सदैव स्रष्टा र सिर्जनाको बारेमा कलम चलाउँदै आएको र म्यूजिक खबर पाक्षिकले सम्पूर्ण संगीतकर्मीहरुलाई एकै ठाउँमा समावेश गर्न सकेको बताएका थिए ।

 

सम्मानित व्यक्तित्वहरुको प्रतिनिधित्व गर्दै विशिष्ट सङ्गीतकार शक्ति बल्लभले छापा मिडियामा म्यूजिक खबरले सातौं वर्ष निरन्तरता दिन सक्नु सिंगो कला क्षेत्रकै लागि खुशीको विषय हो भने । उनले म्यूजिक खबरको यो यात्रालाई बधाई दिंदैे म्यूजिक खबर पत्रिकाले छापा मिडियामा स्थापित भएको र सबैको विश्वासिलो मिडियाबाट आफू सम्मानित हुन पाउँदा खुसी मिलेको बताए ।

 

म्यूजिक खबर पत्रिकाकी सम्पादक तथा प्रकाशक सबिता पोखरेलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँस्कोटाले म्यूजिक खबरले सम्पूर्ण संगीत क्षेत्रको प्रतिनिधित्व गर्दै मन जित्न सफल भएकोमा शुभकामना प्रदान गरेका थिए । बास्कोटाले म्यूजिक क्षेत्रलाई मात्र केन्द्रमा राखेर प्रकाशन भएको म्यूजिक खबर पाक्षिक चुनौतिभित्रको कार्य भएको बताएका थिए ।

 

म्यूजिक खबरले छापा माध्यममा आफ्नो यात्रालाई निरन्तर टिकाइराख्नु र स्रष्टा कलाकारहरुलाई सम्मान, प्रोत्साहन गर्दै समाचारको माध्यमले सबैसामु चिनाउने कार्य गरेकोमा सिङ्गो संगीत क्षेत्रकै लागि गर्वको विषय भएको बताएका थिए । संगीत क्षेत्रका शिष्ट र विशिष्ट व्यक्तित्वहरुको माझमा आयोजना भएको भव्य र सभ्य कार्यक्रममा सहभागी हुन पाउँदा अत्यन्तै खुशी मिलेको र यो कार्यक्रम आफ्नो लागि पनि विशेष रहेको बास्कोटाले भने ।

 

कार्यक्रममा गीतकार संघका अध्यक्ष बसन्त थापा, सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, बरिष्ठ सङ्गीतकार राजु सिंह, सुमित खड्का उपस्थित रहको कार्यक्रममा बरिष्ठ सञ्चारकर्मीहरु शान्तिप्रिय, बिदुर गिरी, भरत बमजन, तुलसी गिरी, सरोज कोइराला, नायक श्रीदेब भट्टराई, हरिराम पौडेल, डब्बु क्षत्री, लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठ, निर्देशक माधवराज खरेल, बबिता श्रेष्ठको उपस्थितिले कार्यक्रमको गरिमा बढाएको थियो । त्यस्तै गीतकार राजेन्द्र पुरी गायिका प्राश्ना शाक्य, गीतकार पुरुषोत्तम सानु, गायक रोशन सिंह, गायिका सिता केसी, सरिता भारती, बबिना भट्टराई, गायक चिरन्जीवी भण्डारी, पत्रकार भोला अधिकारी, प्रकाश बराइली, गीतकार सामना शाह, मोडल रिना थापा मगर, कबिता बानियाँ, लगायत चर्चित कलाकार तथा पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । सेसेमी लिम्बुले कार्यक्रमको सहजीकरण गरेकी थिइन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...