मिन प्रकाश वलीको शब्द, संगीत, स्वर रहेको देशप्रेमी गीत “जे गरेनी चल्छ नेपालमा” सार्वजनिक
वि.सं.२०८० कात्तिक २ बिहीवार १७:१५
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।
सोही क्रममा देशप्रेमी गीत “जे गरेनी चल्छ नेपालमा” सार्वजनिक भएको छ । यस गीतमा मिन प्रकाश वलीको शब्द, संगीत, स्वर रहेको छ भने भरत भट्टले एरेञ्ज गरेका हुन् । हुम गैरेको निर्देशन तथा सम्पादन रहेको यस गीतलाई केशब बिश्वकर्माले छायांकन गरेका हुन् ।
उक्त गीतको भिडियोमा टिका भुजेल, बाबुराम सुनार, याम लिम्बु, कुल बहादुर वली, तारा साउद, आशा बिक, माया लामा आदीको अभिनय रहेको छ । यस गीतलाई टिका भुजेल अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् भिडियो ।
वि.सं.२०८० कात्तिक २ बिहीवार १७:१५