चर्चित गीतकार शंकर कोइरालाको शब्द, लोकप्रिय सर्जक कस्तुप पन्तको संगीतमा रहेको “सुन ए परदेशी” गीत चर्चामा (भिडियो सहित)

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।

 

सोही क्रममा नेपाल सरकारको पूर्व प्रशासकका रुपमा कुशल भूमिका निभाएका चर्चित गीतकार शंकर कोइरालाको शब्द तथा मौलिक सर्जक कस्तुप पन्तको संगीत रहेको “सुन ए परदेशी” बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

कस्तुप पन्तको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा चर्चित गायिका अञ्जु पन्तको स्वर समेटिएको छ । गीतमा चर्चित एरेञ्जर रमेश सेन्चुरीले संगीत संयोजन गरेका छन् ।

 

मुकुन्द भट्ट र स्मृति थापाको उत्कृष्ट अभिनयले भिडियोलाई रोमाञ्चक बनाएको छ । यात्रामा हिँडेको एउटा अन्जान परदेशी युवा कुनै युवतीको घरमा बास बस्दाको चिनाजानी अनि उनले त्यस ठाउँका विभिन्न् मनोरम दृष्यहरु देखाउँदा देखाउँदै मौलाएको माया गीतको भीडियोमा देखाइएको छ ।

 

त्यस ठाउँमा बस्दै गर्दा गाढा बन्दै गरेको माया परदेशीको बसाइ सकिएसँगै अन्त्य भएको वियोगान्त कथालाई अन्तिममा सस्पेन्स राखिएको छ । अर्थात, त्यसपछि के भयो होला भन्ने कौतुहलता आम दर्शकहरुमा हुन्छ ।

 

भिडियोलाई बसन्त बिजे महर्जनले खिचेका छन् भने प्रविन थापाको निर्देशन र अमृत चापागाईंको सम्पादन रहेको छ । सारथी म्युजिकले प्रस्तुत गरेको भिडियो मनोरञ्जनको लागि भन्दा पनि ललितपुरको लेले क्षेत्रका रमणीय दृष्यहरु हेर्दा त्यहाँको पर्यटन प्रवद्र्धनका निम्ति बनाइएको आभाष हुन्छ ।

हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

वि.सं.२०८२ असार ३१ मंगलवार १२:३१

काठमाडौँ — आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन...

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...