मोडलिङ संगै नृत्य प्रशिक्षण र ब्युटिशियनमा ब्यस्त सन्ध्या सानु

काठमाडौं । रामेछाप, बाम्ती भण्डार, ५ मा बुवा राम बहादुर घताने र आमा सुकुमाया घतानेको कोखबाट जन्मिएकी सन्ध्या सानु पछिल्लो समय मोडलिङ संगै नृत्य प्रशिक्षण र ब्युटिशियनमा ब्यस्त छिन् । उनी करिव ८ बर्ष अघी सांगीतिक क्षेत्रमा मर्छु म त सानु गीतबाट औपचारिक रुपमा प्रबेश गरेकी हुन् । उनले मोडलिङ गरेका गीतहरु मध्य मुना पलायो , लाली ओठैमा, नाई भन्छ मायाले, आँखा जुध्यो फेरी, मै पनि नाचम छम छम, हासन हौ मायालु, फुल रसैको, तिम्रो आँखामा, छुटेको माया, स्यानी, ज्यान चोखो लगायत अन्य गीतहरुले चर्चा बटुल्न सफल भएक छन् ।

 

 

साथै माया गर्छु तिमीलाई गीतमा मोडलिङ संगै स्वर पनि दिएकी छिन् । यस गीतले पनि चर्चा पाउन सफल भएको थियो । सानै देखी गीत संगीतमा रुची राख्ने उनले हाल सम्म करिव ५ दर्जन गीतहरुमा मोडलिङ गरेकी छिन् । उनले बिधार्थी जिवनमा बिधालयहरुमा हुने बिभिन्न क्रियाकलापहरुमा भाग लिने गर्थिन् । हरेक कार्यक्रमहरुमा भाग लिएर प्राय प्रथम र द्धितिय हुने गर्थिन् भने बिधार्थी जिवनमा बिधालयमा पनि नृत्य सिकाउने गर्थिन् । बिधार्थी जिवनमा शिक्षकहरु र साथीहरुबाट हौसला र प्रेरणा मिल्ने गरेको कुरा उनले बताईन् ।

 

 

हरेक कार्यक्रममा प्रथम र द्धितिय मात्र भएपछि परिवार खुसी भएर साथ सपोर्ट गर्नुका साथै जहाँ पनि पठाउने गरेको कुरा पनि उनले बताईन् । बि.सं. २०७२ सालको भुकम्प पश्चात काठमाडौंमा प्रबेश गरेपछि अध्ययन संगै अन्य काम गर्न थालिन् । त्यसपश्चात आफ्नो रुची अनुसार सांगीतिक क्षेत्रमा पनि प्रबेश गरिन् । सांगीतिक क्षेत्रमा प्रबेश गरेपछि कसैको पनि साथ सपोर्ट नभएपछि काठमाडौंमा एक्लै संघर्ष गर्नु परेको र एक्लै संघर्ष गरेर यो स्थान सम्म आउन सफल भएको उनी बताउछिन् । उनी आफुलाई कलाकार र ब्युटिसियन भन्न रुचाउछिन् ।

 

 

सन्ध्या सानुले जय नेपाल कला केन्द्र सञ्चालन गरेकी छिन् र यस कला केन्द्रमा आफैले बिभिन्न प्रकारका नृत्यहरु प्रशिक्षण पनि दिदै आएकी छिन् । साथै काठमाडौं कपन मिलनचोक स्थित Jsparkle Makeup Studio समेत सञ्चालन पनि गरेकी छिन् । सन्ध्या सानुले दोस्रो ओएस नेपाल अवार्ड २०७५ , दोस्रो सिल्भर ईन्टरनेशनल म्युजिक अवार्ड २०१९ कतार, जलजला नेशनल फिल्म एण्ड म्युजिक अवार्ड २०२३, राष्ट्रिय संगीतकर्मी म्युजिक अवार्ड २०८०, दोस्रो बिशाल लुम्बीनी म्युजिक अवार्ड २०८०, तेस्रो हिमालय ईन्टरनेशनल अवार्ड २०२३ प्राप्त गर्न सफल भएकी छिन् । साथै Little Star Nepal – 2023 मा निर्णायक, Mr And Miss See Icon -2023 को निर्णायक, डान्स आईकन दाङ सिजन २ को निर्णायक, GOA Singing And Dancing Computation मा निर्णायकको भुमिका निर्वाह गरेकी छिन् भने ग्लोबल नेपाली फिल्म अवार्ड २०२३, Golden Horse International Award – 2022, Nepal Cultural Mega Fair – 2019 द्धारा सम्मानित पनि भएकी छिन् ।

 

 

उनी हालः राष्ट्रिय संगीतकर्मी संघ की केन्द्रिय सदस्य, रामेछाप कलाकार समाज की उपाध्यक्ष, म्युजिक भिडियो कलाकार संघ की सदस्य, नेपाल साँस्कृतीक महासंघ की केन्द्रिय सदस्य, नेपाल साँस्कृतिक कलाकर्मी संघ की उपाध्यक्ष समेत भएर संस्थागत रुपमा पनि आफ्नो छबी बनाएकी छिन् । आगामी दिनमा सांगीतिक क्षेत्रलाई निरन्तरता दिनुका साथै जय नेपाल कला केन्द्र र Jsparkle Makeup Studio लाई पनि सञ्चालन गर्ने योजना रहेको कुरा उनले बताईन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०” भब्य रुपमा सम्पन्न, को को भए त बिजेता ?

“ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०” भब्य रुपमा सम्पन्न, को को भए त बिजेता ?

वि.सं.२०८० फागुन ९ बुधवार ०४:४६

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा...

मौलिक नृत्यबाट जमेकि मोडल सुमित्रा गुरुङ

मौलिक नृत्यबाट जमेकि मोडल सुमित्रा गुरुङ

वि.सं.२०८० माघ २६ शुक्रवार ११:४६

गोरखा जिल्ला साबिक थालाजुङ २ हाल सिरान्चोक मा बाबा मनकाजि...

सुरेश शाही र शान्तिश्री परियारको स्वरमा “परदेशीको बाकस” सार्वजनिक

सुरेश शाही र शान्तिश्री परियारको स्वरमा “परदेशीको बाकस” सार्वजनिक

वि.सं.२०८० माघ १९ शुक्रवार १३:२६

-तुलसी गिरी ‘भावुक’ बहुआयामिक सर्जक सुरेश शाही र लोकप्रिय गायिका...

कलाकार दिनेश डाँगीको छोराको अप्रेशनको लागी चाहिने भयो १५ लाख रुपैंया, छोरा बचाईदिनका लागी डाँगीले गरे सहयोगको अपिल ।

कलाकार दिनेश डाँगीको छोराको अप्रेशनको लागी चाहिने भयो १५ लाख रुपैंया, छोरा बचाईदिनका लागी डाँगीले गरे सहयोगको अपिल ।

वि.सं.२०८० माघ १५ सोमवार १३:१२

काठमाडौं । कलाकार दिनेश डाँगीले यति बेला छोराको उपचारको लागि...

टिका भुजेल र आशा बिश्वकर्माको अभिनयमा “पुरानो माया” सार्वजनिक (भिडियो सहित)

टिका भुजेल र आशा बिश्वकर्माको अभिनयमा “पुरानो माया” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८० माघ १५ सोमवार १२:४१

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“मलाई लैजाउ” भन्दै आए साम्बेद अधिकारी

“मलाई लैजाउ” भन्दै आए साम्बेद अधिकारी

वि.सं.२०८० माघ १५ सोमवार ११:००

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...