शोभित बिक र भिम बहादुर पौडेलको स्वरमा नयाँ गीत “गरि खान देउ सरकार” सार्वजनिक
वि.सं.२०८० पुस २६ बिहीवार ०९:२३
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।
सोही क्रममा गायक तथा सर्जक शोभित बिकको नयाँ गीत “गरि खान देउ सरकार” सार्वजनिक भएको छ । यस गीतमा शोभित बिक र भिम बहादुर पौडेलको स्वर रहेको छ भने रोशन क्षत्रीको शब्द, शोभित बिकको संगीत रहेको छ । यस गीतको एरेञ्ज र मिक्सिङ भने पछिल्लो समयका ब्यस्त एरेञ्जर रमेश सेञ्चुरीले गरेका हुन् ।
भिडियोमा शोभित बिकको निर्देशन रहेको छ भने प्रकाश बराईली अभिब्यक्तिको छायांकन, रबिन बिकको सम्पादन रहेको छ । यस गीतलाई संघर्ष म्युजिक युुटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतमा युवाहरुलाई कि स्वदेश मै गरि खान देउ कि परदेश जान देउ भन्ने बिषय बस्तुलाई जोड दिईएको छ । सार्थै केही साता अघी बालकुमारीमा घटेको घट्ना र २ जना युवा मारिएको कुरालाई पनि समेटिएको छ ।
हेर्नुहोस् भिडियो ।
वि.सं.२०८० पुस २६ बिहीवार ०९:२३