“मलाई लैजाउ” भन्दै आए साम्बेद अधिकारी

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेसंगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्। सोही क्रममा गायक साम्बेद अधिकारीको नयाँ गीत “ लैजाउ मलाई” बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

 

यस गीतमा गायक अधिकारी अलराउण्डर भूमिकामा देखिएका छन् । स्वर, शब्द, संगीत, गीतको एरेञ्ज र मिक्सिङ अधिकारी आफैले गरेका छन्। यस गीतलाई साम्बेद अधिकारी युुटुब च्यानलबाट केही दिन अगाडी मात्र सार्वजनिक गरिएको हो ।

 

आम दर्शक श्रोताहरुले गीतलाई माया गरिदिएर रुचाउनु भयो भने गीतको भिडियो नि बनाउने गायक अधिकारीले बताएका छन्। उनले गिटार बजाएर बनाएको सानो- सानो भिडियो भने यस अघि नै इन्स्ट्राग्राममा राख्ने गरेका थिए भने आधिकारिक रुपमा आफ्नो शृजनालाई युटुबमा पहिलोपटक सार्वजनिक गरेका हुन्।

 

गीतमा आफ्नो आशा, भरोसा र कसै प्रतिको चाहना प्रस्तुत गरिएको छ। काठमाडौं सामाखुशी घर भएका ३४ वर्षीय अधिकारी १५ वर्षदेखि भने अमेरिकामा रहेका छन्। उनको संगीत क्षेत्रमा एकदम धेरै रुचि देखिएको छ। त्यस्तै रुचिले गर्दा उनले १२ वर्षदेखि नै गिटार बजाउन थालेका थिए। अधिकारीले गीत संगीतमा रुचि भएपनि परदेशी भूमिबाट बजारमा ल्याउन परदेशी गारो रहेको समेत बताएका छन् ।

 

उनले नेपाली समाज, संस्कृति र चासो कस्तो भएको छ भन्ने कुराहरुमा राम्रोसंग भिज्न नपाउँदा दर्शक श्रोताको चाहना अनुसार गीत ल्याउन केही कठिन हुने बताएका छन्। त्यति मात्र नभएर गीत संगीतको लागी आवश्यक सामाग्रीहरु जुटाउन समेत कठिन हुने बताए।

 

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनको लागी अधिकारी लागिरहेका छन्। उनी अमेरिकामै रहे पनि त्यँहा एकदम राम्रो गिटारिस्टको रुपमा स्थापित भईसकेका छन्। अधिकारीले अमेरिकाकै ब्याण्डसंग काम गरेका छन्। भर्खरै सार्वजनिक भएको गीतको लिरिकल भिडियो हेर्नुहोस:

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...