“मलाई लैजाउ” भन्दै आए साम्बेद अधिकारी

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेसंगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्। सोही क्रममा गायक साम्बेद अधिकारीको नयाँ गीत “ लैजाउ मलाई” बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

 

यस गीतमा गायक अधिकारी अलराउण्डर भूमिकामा देखिएका छन् । स्वर, शब्द, संगीत, गीतको एरेञ्ज र मिक्सिङ अधिकारी आफैले गरेका छन्। यस गीतलाई साम्बेद अधिकारी युुटुब च्यानलबाट केही दिन अगाडी मात्र सार्वजनिक गरिएको हो ।

 

आम दर्शक श्रोताहरुले गीतलाई माया गरिदिएर रुचाउनु भयो भने गीतको भिडियो नि बनाउने गायक अधिकारीले बताएका छन्। उनले गिटार बजाएर बनाएको सानो- सानो भिडियो भने यस अघि नै इन्स्ट्राग्राममा राख्ने गरेका थिए भने आधिकारिक रुपमा आफ्नो शृजनालाई युटुबमा पहिलोपटक सार्वजनिक गरेका हुन्।

 

गीतमा आफ्नो आशा, भरोसा र कसै प्रतिको चाहना प्रस्तुत गरिएको छ। काठमाडौं सामाखुशी घर भएका ३४ वर्षीय अधिकारी १५ वर्षदेखि भने अमेरिकामा रहेका छन्। उनको संगीत क्षेत्रमा एकदम धेरै रुचि देखिएको छ। त्यस्तै रुचिले गर्दा उनले १२ वर्षदेखि नै गिटार बजाउन थालेका थिए। अधिकारीले गीत संगीतमा रुचि भएपनि परदेशी भूमिबाट बजारमा ल्याउन परदेशी गारो रहेको समेत बताएका छन् ।

 

उनले नेपाली समाज, संस्कृति र चासो कस्तो भएको छ भन्ने कुराहरुमा राम्रोसंग भिज्न नपाउँदा दर्शक श्रोताको चाहना अनुसार गीत ल्याउन केही कठिन हुने बताएका छन्। त्यति मात्र नभएर गीत संगीतको लागी आवश्यक सामाग्रीहरु जुटाउन समेत कठिन हुने बताए।

 

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनको लागी अधिकारी लागिरहेका छन्। उनी अमेरिकामै रहे पनि त्यँहा एकदम राम्रो गिटारिस्टको रुपमा स्थापित भईसकेका छन्। अधिकारीले अमेरिकाकै ब्याण्डसंग काम गरेका छन्। भर्खरै सार्वजनिक भएको गीतको लिरिकल भिडियो हेर्नुहोस:

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

वि.सं.२०८१ पुस २८ आइतवार ०८:३६

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा आजदेखि "आठौँ म्याग्दी महोत्सव एवं...

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

वि.सं.२०८१ पुस २८ आइतवार ०७:१५

काठमाडौं-रापती समाज काठमाडौंले आफ्नो "१८औं वार्षिक साधारण सभा तथा नवौं...

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

वि.सं.२०८१ पुस २८ आइतवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

वि.सं.२०८१ पुस १९ शुक्रवार ०६:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

बाल कलाकार सचिन परियारको उपचारको क्रममा निधन

बाल कलाकार सचिन परियारको उपचारको क्रममा निधन

वि.सं.२०८१ पुस १८ बिहीवार ०७:४७

काठमाडौँ । बाल कलाकार सचिन परियारको निधन भएको छ ।...

चौथो ललितपुर जिल्ला व्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न

चौथो ललितपुर जिल्ला व्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न

वि.सं.२०८१ पुस १८ बिहीवार ०४:२७

काठमाडौं। चौथो ललितपुर जिल्ला व्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न भएको...