म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम” हुने

काठमाडौं । म्युजिक भिडियोमा कर्म गर्ने कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम” हुने भएको छ ।

 

यस कार्यक्रम चैत्र ३ गते शनीबार काठमाडौं स्थित टोखा भुत्खेलमा हुने कुरा “म्युजिक भिडियो कलाकार संघ नेपाल” की उपाध्यक्ष एबं सो कार्यक्रम की संयोजक लोकप्रिय मोडल मञ्जिता केसीले जानकारी गराएकी छिन् ।

 

“कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम” मा यसै संस्था की अध्यक्ष लोकप्रिय मोडल सम्झना बुढाथोकीले टिकट सौजन्य गरेकी छिन् । “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम” मा साँस्कृतिक कार्यक्रम र खेलकुद कार्यक्रमको आयोजना गरिएको छ ।

 

साँस्कृतिक कार्यक्रम अन्तर्गत राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको गायन तथा नृत्य प्रस्तुती रहने छ । त्यस्तै खेलकुद कार्यक्रम अन्तर्गत घैटो फोर्ने र म्युजिकल चियर लगायत अन्य खेलहरु खेलाईने कुरा आयोजक पक्षले जानकारी गराएको छ ।

 

“म्युजिक भिडियो कलाकार संघ नेपाल” ले हरेक बर्ष “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम” आयोजना गर्दै आईरहेको छ र यस पटक पनि भब्य रुपले सम्पन्न हुँदै छ । थप जानकारीका लागी ९८४९४६९५८२ र ९८५१२१४९८४ मा सम्पर्क गर्न सक्नुहुने छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

वि.सं.२०८२ जेठ ५ सोमवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

वि.सं.२०८२ जेठ ४ आइतवार १२:५५

काठमाडौं, ४ जेठ । पत्रकार गणेश विक नेपाल पत्रकार महासंघ...

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ जेठ ४ आइतवार ०५:५४

काठमाडौं। जेठ ३ गतेका दिन "लोक दोहोरी ब्यवसायीहरुको एक्यबद्धता, कला...

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

वि.सं.२०८२ जेठ २ शुक्रवार ०९:३५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:४३

काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा...

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:२६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...