संगीता पहरीको नयाँ गीत “नक्कली” सार्वजनिक

वि.सं.२०८० फागुन २६ शनिवार ०५:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।
सोही क्रममा संगीता पहरीको नयाँ गीत “नक्कली” सार्वजनिक भएको छ । यस गीतमा राम कुमार नेपाली र संगीता पहरीको स्वर रहेको छ भने अमृत भारतीको शब्द, संगीत रहेको छ ।
गीतको भिडियोमा राम कुमार नेपालीको निर्देशन रहेको छ भने सन्तोष तिमिल्सिनाको छायांकन, कल्पेश बिश्वकर्माको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा सञ्जीब ठकुरी, सन्ध्या सानु, गोबिन्द बिबशको अभिनय रहेको छ । यस गीतलाई युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् भिडियो ।

वि.सं.२०८० फागुन २६ शनिवार ०५:५४