वरिष्ठ चलचित्र निर्देशक स्व.प्रताप सुब्बाको प्रथम वार्षिक पुण्य तिथिका अवसरमा आयोजित स्मृति सभा सम्पन्न

तुलसी गिरी ‘भावुक’

काठमाडौं ।

वरिष्ठ चलचित्र निर्देशक स्व.प्रताप सुब्बाको प्रथम वार्षिक पुण्य तिथिका अवसरमा आयोजित स्मृति सभा सम्पन्न भएको छ l सभा हिजो चैत ३ गते शनिबार काठमाण्डौमा आयोजना भएको थियो l सभाका संयोजक वरिष्ठ चलचित्रकर्मी विनोद सेराङले स्व. सुब्बाको व्यक्तित्वको बारेमा चर्चा गर्दै उहाँको नाममा छिट्टै अक्षयकोश खडा गरिने र चलचित्र निर्देशक समाजसँग सहकार्य गरी सो कोश मार्फत हरेक वर्ष मौलिक चलचित्रका निर्देशकलाई पुरस्कृत गरिने कुरा जानकारी गराएका छन् l

स्मृति सभामा वरिष्ठ कलाकार रवि गिरीले प्रताप सुब्बा चलचित्र क्षेत्रमा वर्कशप चलाउने पहिलो निर्देशक भएको बताए l ‘प्रताप सुब्बासँग संगत भएर पनि कसैले मैले केही सिकिन भन्छ भने त्यो लापर्बाह मान्छे हो l मैले उहाँबाट जे जति सिकें त्यही कुरालाई आजसम्म अनुकरण गरेर यस क्षेत्रमा काम गरिरहेको छु’ कलाकार गिरीले भने l स्व. सुब्बा जस्तो समयप्रति अनुशासित, विषयवस्तुप्रति संवेदनशील र स्पष्ट विचारका निर्देशक नेपाली सिनेमा क्षेत्रमा अरु कोही नभएको पनि कलाकार गिरीले स्पष्ट पारेका छन् l

यसैगरी समारोहमा वरिष्ठ नृत्य निर्देशक कमल राईले आफ्नो धारणा राख्दै स्व. सुब्बालाई स्पष्टवक्ता र अद्वित्तीय नेत्तृत्वदायी क्षमता भएका व्यक्तिको रुपमा आफूले चिनेको बताए l निर्देशक स्व. सुब्बामा चलचित्रसँग सम्बन्धित हरेक कुराको उत्तिकै ज्ञान भएको धारणा राख्दै उनले भने-‘मेरो लाइफमा कोही गतिलो मान्छेको इन्ट्री भयो भने उहाँ नै हो l उहाँसँग भेट हुनु अघि म परिपक्क नृत्य निर्देशक भईसकेको थिईन l मलाई लाग्थ्यो, यस्तो मान्छे भेटियोस् जसले मलाई बाटो देखाओस् l उहाँलाई भेटेपछि म परिपक्क भएको हुँ l’

स्मृति सभामा वरिष्ठ छायाकार शिव ढकालले पनि केही चलचित्रमा स्व. सुब्बासँग सहकार्य गर्ने मौका पाएको बताउँदै हरेक निर्देशकले उहाँसँग सिक्नुपर्ने धेरै कुरा भएको धारणा राखे l ‘उहाँ कामप्रति यति अनुशासित र रुटिनवद्ध हुनुहुन्थ्यो कि भोलिपल्टको शुटिङ कतिबजे सुरु हुन्छ र कतिबजे प्याकअप हुन्छ भनेर हामीलाई अघिल्लै दिन थाहा हुन्थ्यो’ छायाकार ढकालले भने l यसैगरी लोकप्रिय कलाकार बिमला के.सी. ले स्व. सुब्बाको बारेमा शब्दमा वयान गर्न नसकिने कुरा बताइन् l ‘उहाँको बारेमा घन्टौं बोल्न सकिन्छ तर पनि कुरा बाँकी नै रहन्छ l मेरा अभिभावकहरुले भन्दा बढी उहाँले मलाई शिक्षा र संस्कार दिनुभएको छ l म आज जहाँ छु, जे छु उहाँले दिएको शिक्षा र संस्कारको देन हो’ कलाकार के. सी. ले भनिन् l

स्व. प्रताप सुब्बाको आत्माको चीर शान्तिको कामना गर्दै १ मिनेटको मौनधारणबाट सुरु भएको सो अनौपचारिक कार्यक्रम वरिष्ठ कलाकर्मी विनोद सेराङले सञ्चालन गरेका थिए भने उपस्थित सबैले स्व. सुब्बाको तस्बीरमा फूल चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए l   

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

चर्चित डिजाईनर एबम् कुशल बाध्यबादक शान्त शिशिरले पहिलो चोटी छमछमी नाचेको गीत “बेसारे माया” ले चर्चा बटुल्दै (भिडियो सहित)

चर्चित डिजाईनर एबम् कुशल बाध्यबादक शान्त शिशिरले पहिलो चोटी छमछमी नाचेको गीत “बेसारे माया” ले चर्चा बटुल्दै (भिडियो सहित)

वि.सं.२०८१ असार ९ आइतवार ११:१५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

गायक एबम् सर्जक रमेश बिक्रम रत्नको शब्द, संगीतमा नयाँ गीत “खतरा” सार्वजनिक

गायक एबम् सर्जक रमेश बिक्रम रत्नको शब्द, संगीतमा नयाँ गीत “खतरा” सार्वजनिक

वि.सं.२०८१ असार ७ शुक्रवार ०६:०१

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सारंगीबादक एबं गायक हेमन्त कान्छा रसाईली, धन कुमारी गौचन र सुजन बराईली बिचको बिबाद यसरी टुंगियो

सारंगीबादक एबं गायक हेमन्त कान्छा रसाईली, धन कुमारी गौचन र सुजन बराईली बिचको बिबाद यसरी टुंगियो

वि.सं.२०८१ असार ७ शुक्रवार ०४:३६

काठमाडौं । सारंगीबादक एबं गायक हेमन्त कान्छा रसाईली, धन कुमारी...

गायक निमा शेर्पाले “११ औं म्युजिक खबर अवार्ड – २०८०” प्राप्त गर्न सफल

गायक निमा शेर्पाले “११ औं म्युजिक खबर अवार्ड – २०८०” प्राप्त गर्न सफल

वि.सं.२०८१ जेठ ३१ बिहीवार १६:५१

काठमाडौं । गायक निमा शेर्पाले "११ औं म्युजिक खबर अवार्ड...

“श्री केश ११ औं म्यूजिक खबर म्यूजिक अवार्ड – २०८०” सम्पन्न

“श्री केश ११ औं म्यूजिक खबर म्यूजिक अवार्ड – २०८०” सम्पन्न

वि.सं.२०८१ जेठ २७ आइतवार ०६:२४

काठमाडौं । "श्री केश ११ औं म्यूजिक खबर म्यूजिक अवार्ड...

“सारेगम म्युजिक अवार्ड – २०८१” सम्पन्न

“सारेगम म्युजिक अवार्ड – २०८१” सम्पन्न

वि.सं.२०८१ जेठ २७ आइतवार ०६:१५

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले देशका मौलिक लोकसंस्कृति...