पर्वते गायक सुजन बराईलीको नयाँ गीत “रोटी गुलियो” सार्वजनिक

वि.सं.२०८१ असार २० बिहीवार १०:४२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा पर्वते गायक सुजन बराईलीको नयाँ गीत “रोटी गुलियो” केही दिन अघी सार्वजनिक भएको छ।
यस गीतमा सुजन बराईली र चर्चित गायिका शान्ती श्री परियारको स्वर रहेको छ भने सुजन बराईलीको शब्द, संगीत रहेको छ। यस गीतमा रमेश सेञ्चुरीको एरेञ्ज, मिक्सिङ रहेको छ।
कुमार केसीको निर्देशन रहेको गीतमा मुकेश नेपालीको कोरियोग्राफी, रेशम दर्लामीको छायांकन, अमृत चापागाईको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा बद्री प्रसाद तिवारी र अस्मिता रनपालको अभिनय रहेको छ। यस गीतलाई सुजन बराईलीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
हेर्नुहोस् भिडियो।

वि.सं.२०८१ असार २० बिहीवार १०:४२