राकेश शोनीको एरेञ्ज र निर्देशनमा तीज बिशेष गीत “बालेनको शहर” सार्वजनिक (भिडियो सहित)
वि.सं.२०८१ साउन १४ सोमवार ०५:३०
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। नेपाली महलिाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। यसै अवसरमा बिभिन्न कलाकारहरुले तीज बिशेष गीत बजारमा ल्याउने होडबाजी चलिरहेको छ।
सोही क्रममा सञ्जीता खड्काको तीज बिशेष गीत “बालेनको शहर” सार्वजनिक भएको छ। यस गीतमा सञ्जिता खड्का र बिन्दु बिसीको स्वर रहेको छ भने सञ्जिता खड्का कै शब्द, संगीत रहेको छ। यस गीतको एरेञ्ज र मिक्सिङ राकेश शोनीले गरेका हुन्।
यस गीतको भिडियोमा राकेश शोनीको निर्देशन रहेको छ भने बिरेन्द्र भाट “बिपिन” को छायांकन तथा सम्पादन, लोकेश भाटको सह सम्पादन, महेश शिबभक्तीको कस्टुम डिजाईन रहेको छ। उक्त गीतको भिडियोमा अस्मिता रनपालको अभिनय रहेको छ। यस गीतलाई म्युजिक नेपालले सार्वजनिक गरेको हो।
हेर्नुहोस् भिडियो।
वि.सं.२०८१ साउन १४ सोमवार ०५:३०