बिशाल शोनीको तीज बिशेष गीत “गुलेली तन्कियो” ले चर्चा बटुल्दै (भिडियो सहित)
![Logo Logo](https://worldwidetvnepal.com/wp-content/themes/custom_new_theme/images/small_icon.jpg)
वि.सं.२०८१ साउन १७ बिहीवार ०९:४८
![image image](https://worldwidetvnepal.com/wp-content/uploads/2024/08/guleli-tankiyo.jpg)
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। नेपाली महलिाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। यसै अवसरमा बिभिन्न कलाकारहरुले तीज बिशेष गीत बजारमा ल्याउने होडबाजी चलिरहेको छ।
सोही क्रममा बिशाल शोनीको तीज बिशेष गीत “गुलेली तन्कियो” केही दिन अघी सार्वजनिक भएको छ। यस गीतले चर्चा कमाउने क्रम जारी छ। यस गीतमा बिशाल शोनी र शान्ती श्री परियारको स्वर रहेको छ। यस गीतमा बिशाल शोनी कै शब्द, संगीत रहेको छ।
सञ्जिला सुमित्राको निर्देशन रहेको गीतको भिडियोमा प्रकाश खड्काको छायांकन, मिलन बिश्वकर्माको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा महानायक राजेश हमाल, बिशाल शोनी, कुमारी बराईलीको अभिनय रहेको छ। यस गीतलाई बिशाल शोनी कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
हेर्नुहोस् भिडियो।
![Logo Logo](https://worldwidetvnepal.com/wp-content/themes/custom_new_theme/images/small_icon.jpg)
वि.सं.२०८१ साउन १७ बिहीवार ०९:४८