सिता परियार र पुर्ण परियारको नयाँ मौलीक तीज गीत “माइती घर” सार्वजनिक

वि.सं.२०८१ साउन १८ शुक्रवार १३:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। नेपाली महलिाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। यसै अवसरमा बिभिन्न कलाकारहरुले तीज बिशेष गीत बजारमा ल्याउने होडबाजी चलिरहेको छ।
सोही क्रममा चर्चित गायिका सिता परियार र पुर्ण परियारको नयाँ मौलीक तीज गीत “माइती घर” सार्वजनिक भएको छ। यस वर्ष सार्वजनिक भएका गीतहरू मध्ये यो गीत मौलीक र केही फरक शैलीको गीत चाँही पक्कै छ। गीतले एक चेलीको लागी माइती घर कती प्यारो हुन्छ भन्ने कुरा गीत र भिडियोमा प्रस्तुत गर्न खोजिएको छ।
यस गीतमा सिता परियारको स्वर रहेको छ भने शब्द, संगीत पूर्ण परियारको रहेको छ। यस गीतको भिडियोमा बिशाल घिमिरेले निर्देशन गरेका छन् भने अजय रेग्मीको छायांकन, अमृत चापागाईको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा स्मारिका ढकाल र पुर्ण परियारको अभिनय रहेको छ। यस गीतलाई सिता परियारको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
हेर्नुहोस् भिडियो।

वि.सं.२०८१ साउन १८ शुक्रवार १३:५४