नेरिक एकेडेमीको आयोजनामा भोली भदौ १ गते “उपत्यका ब्यापी छैठौं अन्तर बिधालय मौलिक तीज नृत्य प्रतियोगिता – २०८१” हुने

काठमाडौं । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर नेरिक एकेडेमीले “उपत्यका ब्यापी छैठौं अन्तर बिधालय मौलिक तीज नृत्य प्रतियोगिता – २०८१” आयोजना गरेको छ । यस प्रतियोगिता नेरिक एकेडेमीको प्राङ्गणमा भदौ १ गतेका दिन भब्य रुपले सम्पन्न हुने भएको छ ।

उक्त प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुर गरी ४० भन्दा बढी बिधालयहरुका बिधार्थीहरुले भाग लिने छन् । सो प्रतियोगितामा १२ बर्ष देखी १६ बर्ष भित्रका उमेर समुहका बिधार्थी र कक्षा १० सम्मका बिधार्थीहरुले मात्र भाग लिन पाउने कुरा नेरिक एकेडेमीका प्रिन्सिपल मिलन कंडेलले जानकारी गराएका छन् ।

“उपत्यका ब्यापी छैठौं अन्तर बिधालय मौलिक तीज नृत्य प्रतियोगिता – २०८१” मा प्रथम हुनेलाई २० हजार रुपैया र ट्रफी, द्धितिय हुनेलाई १५ हजार रुपैया र ट्रफी, तृतिय हुनेलाई १० हजार रुपैया र ट्रफी, चौथो र पाँचौलाई ५, ५ हजार रुपैया र ट्रफी पुरस्कार निर्धारण गरिएको छ भने उत्कृष्ट १० लाई ट्रफी प्रदान गरिने र बेष्ट कोरियोग्राफरलाई ५ हजार रुपैया र ट्रफी प्रदान गरिने कुरा नेरिक एकेडेमीका प्रिन्सिपल कंडेलले बताए ।

बिधार्थीहरुलाई नकारात्मक कुराहरुलाई छोडेर सकारात्मक भावना तिर प्ररित गर्दै देश, समाज र संस्कृती प्रति सकारात्मक भावना पैदा गर्नुका साथै मौलिक संस्कृतीको जगेर्ना होस् भनी “उपत्यका ब्यापी छैठौं अन्तर बिधालय मौलिक तीज नृत्य प्रतियोगिता २०८१” को आयोजना गरिएको कुरा प्रिन्सिपल मिलन कंडेलले बताएका छन् ।

प्रतियोगितामा बरिष्ठ कलाकार मिथिला शर्माको प्रमुख आतिथ्यता रहने छ भने निर्णायकहरुमा खड्क बुढा, सुनिल थापा, रिना थापा मगर रहने कुरा आयोजक पक्षले जानकारी गराएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...