नेरिक एकेडेमीको आयोजनामा “उपत्यका ब्यापी छैठौं अन्तर बिधालय मौलिक तीज नृत्य प्रतियोगिता – २०८१” भब्य रुपमा सम्पन्न

काठमाडौं । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर नेरिक एकेडेमीको आयोजनामा “उपत्यका ब्यापी छैठौं अन्तर बिधालय मौलिक तीज नृत्य प्रतियोगिता – २०८१” भब्य रुपमा सम्पन्न भएको छ । यस प्रतियोगिता नेरिक एकेडेमीको प्राङ्गणमा भदौ १ गतेका दिन भब्य रुपले सम्पन्न भएको हो ।

 

उक्त प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुर गरी ३२ भन्दा बढी बिधालयहरुका बिधार्थीहरुले भाग लिएका थिए । सो प्रतियोगितामा १२ बर्ष देखी १६ बर्ष भित्रका उमेर समुहका बिधार्थी र कक्षा १० सम्मका बिधार्थीहरुले मात्र भाग लिएका थिए । प्रतियोगितामा बरिष्ठ कलाकार मिथिला शर्माको प्रमुख आतिथ्यता रहेको थियो भने निर्णायकहरुमा खड्क बुढा, सुनिल थापा, रिना थापा मगर रहेका थिए ।

 

“उपत्यका ब्यापी छैठौं अन्तर बिधालय मौलिक तीज नृत्य प्रतियोगिता – २०८१” मा प्रथम हुनेलाई २० हजार रुपैया र ट्रफी, द्धितिय हुनेलाई १५ हजार रुपैया र ट्रफी, तृतिय हुनेलाई १० हजार रुपैया र ट्रफी, चौथो र पाँचौलाई ५, ५ हजार रुपैया र ट्रफी पुरस्कार निर्धारण गरिएको छ भने उत्कृष्ट १० लाई ट्रफी प्रदान गरिने र बेष्ट कोरियोग्राफरलाई ५ हजार रुपैया र ट्रफी प्रदान गरिएको थियो ।

 

प्रतियोगीतामा हिम रश्मी स्कुल प्रथम, नबिन ज्योती स्कुल द्धितिय, भेधभायस स्कुल र काठमाडौ जेभियर तृतिय, ब्राईट एञ्जल स्कुल चौथो, नबोदित स्कुल पाँचौ, न्यु नलेज छैठौं, गोल्डेन पिक स्कुल सातौ, एञ्गल लर्ड स्कुल आठौं, ग्रीन हिल्स र नेशनल मोडल स्कुल नवौं, कोटदेबी स्कुल दशौं स्थानमा पर्न सफल भएका थिए भने बेष्ट ड्रेस तर्फ एञ्गल लर्ड स्कुल, बेष्ट कोरियोग्राफर तर्फ ईसान श्रेष्ठ सम्मानित भएका थिए ।

 

बिधार्थीहरुलाई नकारात्मक कुराहरुलाई छोडेर सकारात्मक भावना तिर प्रेरित गर्दै देश, समाज र संस्कृती प्रति सकारात्मक भावना पैदा गर्नुका साथै मौलिक संस्कृतीको जगेर्ना होस् भनी “उपत्यका ब्यापी छैठौं अन्तर बिधालय मौलिक तीज नृत्य प्रतियोगिता २०८१” को आयोजना गरिएको कुरा प्रिन्सिपल मिलन कंडेलले बताए।

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

वि.सं.२०८१ पुस २८ आइतवार ०८:३६

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा आजदेखि "आठौँ म्याग्दी महोत्सव एवं...

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

वि.सं.२०८१ पुस २८ आइतवार ०७:१५

काठमाडौं-रापती समाज काठमाडौंले आफ्नो "१८औं वार्षिक साधारण सभा तथा नवौं...

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

वि.सं.२०८१ पुस २८ आइतवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

वि.सं.२०८१ पुस १९ शुक्रवार ०६:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

बाल कलाकार सचिन परियारको उपचारको क्रममा निधन

बाल कलाकार सचिन परियारको उपचारको क्रममा निधन

वि.सं.२०८१ पुस १८ बिहीवार ०७:४७

काठमाडौँ । बाल कलाकार सचिन परियारको निधन भएको छ ।...

चौथो ललितपुर जिल्ला व्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न

चौथो ललितपुर जिल्ला व्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न

वि.सं.२०८१ पुस १८ बिहीवार ०४:२७

काठमाडौं। चौथो ललितपुर जिल्ला व्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न भएको...