विनय अधिकारीको “इन्द्र महाराज” बोलको गीत चर्चामा (भिडियो सहित)

काठमाडौं । ठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा युके बस्ने मायाँ’ गितको अपार सफलतापछि व्यवसायी तथा एन.आर.एन.ए. अभियान्ता विनय अधिकारीको “इन्द्र महाराज” बोलको गीतले पनि चर्चा कमाईरहेको छ। यतिबेला यो गीत रिलिज भएको ६ दिनमै १० लाख बढि दर्शकहरु नजरमा पुगेको छ भने टिकटकमा पनि निकै रुचाईएको छ ।

तीजका गीतहरु ध्माधम बजारमा आईरहदा उनको यो लोक आधुनिक बिद्याको गीतले आफनो छुट्टै चर्चा कमाएको हो । बाइरोड मा धुलो उड्यो पानि पारि देउ न ओ इन्द्र महाराज, यो माया पर पर किन वर सारी देउ न ओ इन्द्र महाराज, अहिले सामाजिक सञ्जाल तिर पनि छाईरहेको छ ।

२ महिना अघि मात्र बजारमा आएको विनय अधिकारीको युके बस्ने मायाले अत्याधिक दर्शक श्रोताहरुको माया पाएको थियो । अहिले यो गीतको करिब ४० लाख भ्यूज गएको छ । गायक बद्री सापकोटा र गायिका शान्ती श्री परियारको आवाजमा रहेको यो गीतमा बिनय अधिकारीको शब्द र गायक बद्री सापकोटाको संगीत रहेको थियो । अहिले फेरि यहि दुईको सहकार्यमा “इन्द्र महाराज” गीत बजारमा आएको हो ।

यस गीतमा पनि अधिकारीको शब्द र सापकोटाको संगित रहेको छ । एन.आर.एन.ए. अभियान्ता अधिकारीको आफ्नौ युट्युव च्यानल ‘विनय अधिकारी’ माफर्त सार्वजनिक भएको गीतमा लोकप्रिय गायीका मेलिना राई र बद्री सापकोटाको स्वर रहेको छ भने भिडियोमा विनय अधिकारी र चर्चित नायिका शिल्पा पोखरेलको शसक्त अभिनय रहेको छ । भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् । अधिकारीको यो तेस्रो गीत हो ।

यसअघि अधिकारीले ‘दुनियाँ लठ्ठै छ’, ‘युके बस्ने मायाँ’ बोलको गीत बजारमा ल्याएका थिए । ‘दुनियाँ लठ्ठै छ’ गीत झण्डै ७ लाख भन्दाबढी दर्शकले हेरेका छन् भने ‘युके बस्ने मायाँ’ पछिल्लो समय कै सर्वाधिक चर्चामा रहदै आएको छ । ब्यवसाय एवम गीत संगीतको दुनियामा बिनय अधिकारीले आफनो छुट्टै पहिचान बनाईरहेका छन ।

 

हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

वि.सं.२०८२ असार ३१ मंगलवार १२:३१

काठमाडौँ — आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन...

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...