भुवन प्रकाश बडु र माही बडुको स्वरमा तीज बिशेष गीत “जाउला घुम्नलाई” सार्वजनिक
वि.सं.२०८१ भदौ ८ शनिवार ०६:५७
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। यसै अवसरमा बिभिन्न कलाकारहरुले तीज बिशेष गीत बजारमा ल्याउने होडबाजी चलिरहेको छ।
सोही क्रममा तीज बिशेष गीत “जाउला घुम्नलाई” सार्वजनिक भएको छ । यस गीतमा भुवन प्रकाश बडु र माही बडुको स्वर रहेको छ भने जगत तिरुवाको शब्द, भुवन पु्रकाश बडुको संगीत, रिजेन बडुको एरेञ्ज, जिवन बडुको मिक्सिङ रहेको छ ।
भिडियोमा सियोन श्रेष्ठको निर्देशन रहेको छ भने अमन बडुको छायांकन र सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा देबेन्द्र खड्का, हिरा रणपाल, अञ्जली डिसी, निरुता बिष्टको अभिनय रहेको छ । यस गीतलाई देबेन्द्र खड्काको युटुबबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नलाई तलको लिंक क्लिक गर्नुहोला ।
वि.सं.२०८१ भदौ ८ शनिवार ०६:५७














