उपत्यका समन्वय ललितपुर समितिको “एघारौं वार्षिक साधारण सभा – २०८१” सम्पन्न

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितिको “एघारौं वार्षिक साधारण सभा – २०८१” सम्पन्न भएको छ । ललितपुर समितिको “एघारौं वार्षिक साधारण सभा – २०८१” मा ललितपुर समितिकी प्रथम उपाध्यक्ष बेलीमाया पुलामीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथीको रुपमा यसै संस्थाका केन्द्रिय उपमहासचिव गायक एबं सर्जक, रोईला गीतका किङ्ग भनेर चिनिने शिरिष देबकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

 

यस कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय प्रशासनिक सह-सचिव राज कुमार रायमाझी, प्रतिष्ठान की केन्द्रिय सदस्य स्मृती तिमिल्सिना (गुरुआमा), उपत्यका समन्वय समितिका प्रथम उपाध्यक्ष प्रसाद लामिछाने, उपत्यका समन्वय समितिका सदस्य एबं कुशल डिजाईजर शान्ता शिशिर, लोकप्रिय सर्जक एबं गायक ज्योती न्यौपाने, उपत्यका समन्वय समितीका सदस्य एबं ललितपुर समितिका संयोजक आरसी कोईरालाको बिशेष उपस्थिती रहेको थियो ।

 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अन्तर्गत सम्पुर्ण जिल्लाहरु र उपत्यका समन्वय समिति अन्तर्गत ९ वटा समितिहरुको वार्षिक साधारणसभा भदौ ७ गते शनिबारका दिन एकै दिन सम्पन्न भएका छन् । यसरी एकै दिन देशै भरी वार्षिक साधारणसभा सम्पन्न गर्दा देश प्रतिष्ठानमय नै भएको छ ।

 

सामाजिक सञ्जाल नै रंगिएको छ । यसरी प्रतिष्ठानमय हुनु ईतिहासमा नै पहिलो पटक हो भन्दा कुनै दुई मत नहोला । एकै दिन देशै भरी वार्षिक साधारणसभा सम्पन्न गर्ने र ऐतिहासिक कार्य प्रतिष्ठान की केन्द्रिय अध्यक्ष रिता थापा मगरको कार्यकालमा भएको हो ।

 

देशलाईलाई प्रतिष्ठानमय बनाउन यस्तो ऐतिहासिक कार्य र आफु मात्र प्रमुख अतिथी नभएर केन्द्रिय अध्यक्ष रिता थापा मगरले सबैलाई प्रमुख अतिथी हुन अवसर प्रदान गरेको भन्दै केन्द्रिय उपमहासचिव शिरिष देबकोटाले मन्तब्य राखेका थिए । साथै ललितपुर समितीमा रहेकाले आफ्नो जिविकोपार्जन मात्र नभई मादल बजाउन, तबला बजाउन बासुरी तथा सारंगी बजाउन लगायत अन्य बाध्यबादन पनि बजाउन सिक्न सकेमा निकट भबिश्यमा आफुलाई आर्थिक शंकट देखी अन्य शंकट पर्दा जिविकोपार्जन गर्न सकिन्छ । बिकल्पमा अन्य पेशा तथा अन्य बिधा पनि राख्न सक्नु पर्छ । बिकल्पमा केही राख्न नसकेपछि भबिश्यमा ठुलो धोका हुन सक्छ भन्दै शिरिष देबकोटाले मन्तब्य मैै सन्देश संगै सुझाव पनि दिएका थिए ।

 

 

उपत्यका समन्वय ललितपुर समितिको “एघारौं वार्षिक साधारण सभा – २०८१” मा प्रमुख अतिथी संगै अन्य ब्यक्तिहरुलाई सम्मान गरिएको थियो भने सोही अवसरमा वर्ष उत्कृष्ट सदस्य पुरुष तर्फ प्रबिण खड्का र महिला तर्फ सिता सुबेदी सम्मानित भएका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...