पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को परिकल्पना, कथा, निर्देशनमा विशुद्ध पारिवारिक, सामाजिक कथामा आधारित गीतिकथा “मरेपछि पिण्ड र काट्टो” सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। नेपालीहरुको महान पर्व बडा दशैं पनि नजिकिदै छ। यसै अवसरमा बिभिन्न कलाकारहरुले दशैं बिशेष गीतहरु बजारमा ल्याउने होडबाजी चलिरहेको छ। हिन्दुहरुको महान पर्व बिजया दशमी सुरु हुनु भन्दा पहिला सोह्र श्राद्ध सुरु हुन्छ। सोह्र श्राद्ध सकिए पश्चात मात्र घटस्थापना सुरु हुने गर्दछ र दशै सुरु हुने गर्दछ। सोह्र श्राद्धमा पृतीहरु तथा मृत्यु भईसकेका ब्यक्तिहरुलाई पुजा गरी पिण्ड र जल चढाएर उनीहरुको भाग दिने प्रचलन छ।

सोह्र श्राद्धमा पिण्ड र जल चठाएपछि मृत्यु भईसकेका ब्यक्तिहरुले पाउने छन् भन्ने कुरा जनमानसमा बिश्वास छ। कतिपय समाजमा त जिवित हुँदा बुवा, आमालाई बेवास्ता गर्ने र मरोपरान्त पश्चात मात्र पिण्ड र जल चढाउने प्रचलन पनि छ। कतिपय ब्यक्ति तथा समाजमा सामाजिक चेतनाको अभाव पनि छ। आफ्नो बुवा आमाले छोरा, छोरीलाई हुर्काउन, बढाउन, पढाउन कत्तिको संघर्ष गर्छन् र बुवा आमाको योग्दान के कस्तो छ भन्ने कुरामा कसैको ध्यान हुँदैन।

यसै कुरालाई मध्य नजर गर्दै समाजमा चेतना फैलाउने, नजानेकालाई सिकाउने र जानेकालाई ब्यबहारिक रुपमा लागु गर्न प्रेरित गर्ने उदेश्यले विशुद्ध पारिवारिक, सामाजिक कथामा आधारित गीतिकथा “मरेपछि पिण्ड र काट्टो” केही दिन अघी सार्वजनिक भएको छ।

यस गीति कथामा कृष्ण रेउलेको स्वर, पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को परिकल्पना तथा शब्द रहेको छ भने रमेश बिक्रम रत्नको संगीत रहेको छ। यस गीति कथालाई लक्षु प्रकाश मल्लले एरेञ्ज गरेका हुन् भने रमेश सेञ्चुरीले मिक्सिङ गरेका हुन्।

यस गीति कथामा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” कै परिकल्पना, कथा, निर्देशन रहेको छ भने मरुभुमी नारायणको छायांकन, बिरेन्द्र भाट “बिपिन” को सम्पादन, लोकेश भाटको सह -सम्पादन, महेश शिबभक्तिको कस्टुम डिजाईन् रहेको छ।

उक्त गीति कथामा सुरबिर पण्डित (दाह्री बा), कृष्ण रसाल, उषा सुबेदी, सुजन बराईली, भिम बहादुर पौडेल, हरी प्रसाद ढकाल, भरत थापा, महेश शिबभक्ति, गोपाल भुजेल, रिता बुढाथोकी आदीको अभिनय रहेको छ भने बाल कलाकार तर्फ सुप्रिया ढकाल र अनमोल पौडेलको अभिनय रहेको छ। यस गीति कथालाई प्रकाश बराईली “अभिब्यक्ति” को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...