पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को परिकल्पना, कथा, निर्देशनमा विशुद्ध पारिवारिक, सामाजिक कथामा आधारित गीतिकथा “मरेपछि पिण्ड र काट्टो” सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। नेपालीहरुको महान पर्व बडा दशैं पनि नजिकिदै छ। यसै अवसरमा बिभिन्न कलाकारहरुले दशैं बिशेष गीतहरु बजारमा ल्याउने होडबाजी चलिरहेको छ। हिन्दुहरुको महान पर्व बिजया दशमी सुरु हुनु भन्दा पहिला सोह्र श्राद्ध सुरु हुन्छ। सोह्र श्राद्ध सकिए पश्चात मात्र घटस्थापना सुरु हुने गर्दछ र दशै सुरु हुने गर्दछ। सोह्र श्राद्धमा पृतीहरु तथा मृत्यु भईसकेका ब्यक्तिहरुलाई पुजा गरी पिण्ड र जल चढाएर उनीहरुको भाग दिने प्रचलन छ।

 

सोह्र श्राद्धमा पिण्ड र जल चठाएपछि मृत्यु भईसकेका ब्यक्तिहरुले पाउने छन् भन्ने कुरा जनमानसमा बिश्वास छ। कतिपय समाजमा त जिवित हुँदा बुवा, आमालाई बेवास्ता गर्ने र मरोपरान्त पश्चात मात्र पिण्ड र जल चढाउने प्रचलन पनि छ। कतिपय ब्यक्ति तथा समाजमा सामाजिक चेतनाको अभाव पनि छ। आफ्नो बुवा आमाले छोरा, छोरीलाई हुर्काउन, बढाउन, पढाउन कत्तिको संघर्ष गर्छन् र बुवा आमाको योग्दान के कस्तो छ भन्ने कुरामा कसैको ध्यान हुँदैन।

 

यसै कुरालाई मध्य नजर गर्दै समाजमा चेतना फैलाउने, नजानेकालाई सिकाउने र जानेकालाई ब्यबहारिक रुपमा लागु गर्न प्रेरित गर्ने उदेश्यले विशुद्ध पारिवारिक, सामाजिक कथामा आधारित गीतिकथा “मरेपछि पिण्ड र काट्टो” केही दिन अघी सार्वजनिक भएको छ।

 

यस गीति कथामा कृष्ण रेउलेको स्वर, पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को परिकल्पना तथा शब्द रहेको छ भने रमेश बिक्रम रत्नको संगीत रहेको छ। यस गीति कथालाई लक्षु प्रकाश मल्लले एरेञ्ज गरेका हुन् भने रमेश सेञ्चुरीले मिक्सिङ गरेका हुन्।

 

यस गीति कथामा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” कै परिकल्पना, कथा, निर्देशन रहेको छ भने मरुभुमी नारायणको छायांकन, बिरेन्द्र भाट “बिपिन” को सम्पादन, लोकेश भाटको सह -सम्पादन, महेश शिबभक्तिको कस्टुम डिजाईन् रहेको छ।

 

उक्त गीति कथामा सुरबिर पण्डित (दाह्री बा), कृष्ण रसाल, उषा सुबेदी, सुजन बराईली, भिम बहादुर पौडेल, हरी प्रसाद ढकाल, भरत थापा, महेश शिबभक्ति, गोपाल भुजेल, रिता बुढाथोकी आदीको अभिनय रहेको छ भने बाल कलाकार तर्फ सुप्रिया ढकाल र अनमोल पौडेलको अभिनय रहेको छ। यस गीति कथालाई प्रकाश बराईली “अभिब्यक्ति” को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

 

भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि पोखरा सम्मको सुविधा सम्पन्न बस सेवा सुरु गर्दै

शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि पोखरा सम्मको सुविधा सम्पन्न बस सेवा सुरु गर्दै

वि.सं.२०८१ माघ १ मंगलवार ०८:२४

काठमाडौं, २९ पुस ।  शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि...

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

वि.सं.२०८१ पुस २८ आइतवार ०८:३६

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा आजदेखि "आठौँ म्याग्दी महोत्सव एवं...

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

वि.सं.२०८१ पुस २८ आइतवार ०७:१५

काठमाडौं-रापती समाज काठमाडौंले आफ्नो "१८औं वार्षिक साधारण सभा तथा नवौं...

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

वि.सं.२०८१ पुस २८ आइतवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

वि.सं.२०८१ पुस १९ शुक्रवार ०६:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

बाल कलाकार सचिन परियारको उपचारको क्रममा निधन

बाल कलाकार सचिन परियारको उपचारको क्रममा निधन

वि.सं.२०८१ पुस १८ बिहीवार ०७:४७

काठमाडौँ । बाल कलाकार सचिन परियारको निधन भएको छ ।...