दशै, तिहार, छठ पर्वको अवसरमा पर्वत कलाकार समाज नेपालको आयोजनामा “शुभकामना आदान प्रदान कार्यक्रम” सम्पन्न

काठमाडौं। दशै, तिहार, छठ पर्वको अवसरमा पर्वत कलाकारहरुको छाता संगठन “पर्वत कलाकार समाज नेपाल” को आयोजनामा “शुभकामना आदान प्रदान कार्यक्रम” सम्पन्न भएको छ। यस कार्यक्रममा पर्वत कलाकार समाज नेपालका अध्यक्ष एबं लोकप्रिय गायक, सबैको मनमुटुमा बस्न सफल गायक कुलेन्द्र बिश्वकर्माको अध्यक्षता रहेको थियो भने नेपाली कांग्रेस पर्वत जिल्लाका पूर्व सभापती नवराज गुरुङको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा पर्वत कलाकार समाज नेपालका संस्थापक अध्यक्ष लोकप्रिय सर्जक कस्तुप पन्त, गायक एबं संगीतकार नरहरी प्रेमी, गायक एबं सर्जक तेजस रेग्मी, पत्रकार जिवन पराजुली, पत्रकार प्रकाश बराईली “अभिब्यक्ति”, मोडल एबं नृत्य प्रशिक्षक यमुना रसाल लगायत थुप्रै कलाकार, समाजसेबीहरुको बिशेष आतिथ्यता रहेको थियो। कार्यक्रमको सञ्चालन कृष्ण समिप सुबेदीले गरेका थिए।

कार्यक्रममा संस्थापक अध्यक्ष कस्तुप पन्तले पर्वत जिल्लामा हुने हरेक प्रकारका मेला महोत्सवमा अग्रज कलाकारलाई सम्मान गर्दै नयाँ कलाकारहरुलाई पनि स्थान दिन अनुरोध गरेका थिए। नयाँ पुराना कलाकारहरुलाई नसमेटिएको र बाहिरी कलाकारहरुलाई मात्र स्थान दिएका कारण आफ्नै जिल्लामा निमन्त्रणा आउदा पनि निमन्त्रणालाई अस्विकार गरेको कुरा संस्थापक अध्यक्ष पन्तले जानकारी गराए। साथै आगामी दिनमा यस्ता त्रुटीहरु हुन नदिन सम्बन्धित निकाय र ब्यक्तिहरुले ध्यान दिनुपर्ने र बिशेष त पर्वतका कलाकारहरु प्राथमिकतामा दिनु पर्नेमा जोड दिएका थिए।

हिन्दुहरुको महान पर्व दशै, तिहार, छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान राख्नुको अर्थ काठमाडौंमा छरिएर बस्नु भएका पर्वतवासीहरु सँग भेटघाट गर्नुका साथै सामिप्यता, आत्मियता बढाउने, मित्रतालाई अझ गाढा बनाउने उदेश्य रहेको कुरा पर्वत कलाकार समाज नेपालका अध्यक्ष कुलेन्द्र बिश्वकर्माले जानकारी गराउनुका साथै पर्वतवासीहरुले पर्वतमा जन्मिएका कलाकाररुलाई साथ सपोर्ट गर्न जरुरी रहेको कुरा बताए। कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुहुने बिभिन्न ब्यक्ति, संघ संस्था, आयोजक टिम र कार्यक्रम ब्यवस्थापन गर्ने नेपाल हाउसलाई बिशेष धन्यबाद दिदै अध्यक्ष कुलेन्द्र बिश्वकर्माले आगामी दिनमा अझै बृहत र पृथक कार्यक्रम गर्दै जानुका साथै नेपाली लोक संस्कृती, मौलिक संस्कृतीलाई जर्गेना गर्दै जाने कुरा जानकारी गराए।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको बिल्कुलै फरक गीत “चौतारीमा पिपल छ बर छैन” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको बिल्कुलै फरक गीत “चौतारीमा पिपल छ बर छैन” सार्वजनिक

वि.सं.२०८३ जेठ ३ आइतवार १३:५६

काठमाडैं। पछिल्लो समयमा सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ...

कुमार केसी जे मा पनि फिट, “शिरैमा” नामक गीत हुन लाग्यो हिट (भिडियो सहित)

कुमार केसी जे मा पनि फिट, “शिरैमा” नामक गीत हुन लाग्यो हिट (भिडियो सहित)

वि.सं.२०८३ जेठ ३ आइतवार १३:२६

काठमाडैं। पछिल्लो समयमा सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ...

चर्चित कलाकार तथा मोडल आशा बिश्वकर्माको मर्मस्पर्शी गीत “पिरको भारीले” सार्वजनिक

चर्चित कलाकार तथा मोडल आशा बिश्वकर्माको मर्मस्पर्शी गीत “पिरको भारीले” सार्वजनिक

वि.सं.२०८३ जेठ २ शनिवार ०८:३९

काठमाडैं। पछिल्लो समयमा सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ...

गीतकार गीता खत्रीको शब्द रचना रहेको गीत “मायाको डोरीले मलाई” सार्वजनिक

गीतकार गीता खत्रीको शब्द रचना रहेको गीत “मायाको डोरीले मलाई” सार्वजनिक

वि.सं.२०८३ जेठ १ शुक्रवार १३:४२

काठमाडौं। गीतकार गीता खत्रीको शब्द रचना रहेको गीत "मायाको डोरीले...

साहित्यकार विष्णुभक्त राई “विभरा किराती” को नयाँ कविता सङ्ग्रह आदिम फूल सार्वजनिक

साहित्यकार विष्णुभक्त राई “विभरा किराती” को नयाँ कविता सङ्ग्रह आदिम फूल सार्वजनिक

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:४०

ललितपुर । साहित्यकार विष्णुभक्त राई "विभरा किराती" को नयाँ कविता...

राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न, भिम बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न, भिम बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

वि.सं.२०८३ वैशाख ३० बुधवार १३:०६

काठमाडौं। राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न...