दशै, तिहार, छठ पर्वको अवसरमा पर्वत कलाकार समाज नेपालको आयोजनामा “शुभकामना आदान प्रदान कार्यक्रम” सम्पन्न

काठमाडौं। दशै, तिहार, छठ पर्वको अवसरमा पर्वत कलाकारहरुको छाता संगठन “पर्वत कलाकार समाज नेपाल” को आयोजनामा “शुभकामना आदान प्रदान कार्यक्रम” सम्पन्न भएको छ। यस कार्यक्रममा पर्वत कलाकार समाज नेपालका अध्यक्ष एबं लोकप्रिय गायक, सबैको मनमुटुमा बस्न सफल गायक कुलेन्द्र बिश्वकर्माको अध्यक्षता रहेको थियो भने नेपाली कांग्रेस पर्वत जिल्लाका पूर्व सभापती नवराज गुरुङको प्रमुख आतिथ्यता रहेको थियो।

 

कार्यक्रममा पर्वत कलाकार समाज नेपालका संस्थापक अध्यक्ष लोकप्रिय सर्जक कस्तुप पन्त, गायक एबं संगीतकार नरहरी प्रेमी, गायक एबं सर्जक तेजस रेग्मी, पत्रकार जिवन पराजुली, पत्रकार प्रकाश बराईली “अभिब्यक्ति”, मोडल एबं नृत्य प्रशिक्षक यमुना रसाल लगायत थुप्रै कलाकार, समाजसेबीहरुको बिशेष आतिथ्यता रहेको थियो। कार्यक्रमको सञ्चालन कृष्ण समिप सुबेदीले गरेका थिए।

 

 

कार्यक्रममा संस्थापक अध्यक्ष कस्तुप पन्तले पर्वत जिल्लामा हुने हरेक प्रकारका मेला महोत्सवमा अग्रज कलाकारलाई सम्मान गर्दै नयाँ कलाकारहरुलाई पनि स्थान दिन अनुरोध गरेका थिए। नयाँ पुराना कलाकारहरुलाई नसमेटिएको र बाहिरी कलाकारहरुलाई मात्र स्थान दिएका कारण आफ्नै जिल्लामा निमन्त्रणा आउदा पनि निमन्त्रणालाई अस्विकार गरेको कुरा संस्थापक अध्यक्ष पन्तले जानकारी गराए। साथै आगामी दिनमा यस्ता त्रुटीहरु हुन नदिन सम्बन्धित निकाय र ब्यक्तिहरुले ध्यान दिनुपर्ने र बिशेष त पर्वतका कलाकारहरु प्राथमिकतामा दिनु पर्नेमा जोड दिएका थिए।

 

हिन्दुहरुको महान पर्व दशै, तिहार, छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान राख्नुको अर्थ काठमाडौंमा छरिएर बस्नु भएका पर्वतवासीहरु सँग भेटघाट गर्नुका साथै सामिप्यता, आत्मियता बढाउने, मित्रतालाई अझ गाढा बनाउने उदेश्य रहेको कुरा पर्वत कलाकार समाज नेपालका अध्यक्ष कुलेन्द्र बिश्वकर्माले जानकारी गराउनुका साथै पर्वतवासीहरुले पर्वतमा जन्मिएका कलाकाररुलाई साथ सपोर्ट गर्न जरुरी रहेको कुरा बताए। कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुहुने बिभिन्न ब्यक्ति, संघ संस्था, आयोजक टिम र कार्यक्रम ब्यवस्थापन गर्ने नेपाल हाउसलाई बिशेष धन्यबाद दिदै अध्यक्ष कुलेन्द्र बिश्वकर्माले आगामी दिनमा अझै बृहत र पृथक कार्यक्रम गर्दै जानुका साथै नेपाली लोक संस्कृती, मौलिक संस्कृतीलाई जर्गेना गर्दै जाने कुरा जानकारी गराए।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

वि.सं.२०८२ असार ३१ मंगलवार १२:३१

काठमाडौँ — आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन...

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...