अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा “मखमली सांगीतिक साँझ – २०२४” हुँदै

काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड दिपावलीको अवसरमा अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा यहि अक्टोबर २७ मा भव्य “मखमली सांगीतिक साँझ – २०२४” को आयोजना हुँदैछ । लोकप्रिय लोकदोहोरी अग्रज गायिका सिर्जना विरही थापाको संयोजन साथै सुप्रसिद्ध लोकदोहोरी गायक तथा सर्जक राजन ठकुरीको कलाकार संयोजनमा यहि २७ अक्टोबर २०२४ मा अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा “मखमली सांगीतिक साँझ – २०२४” को आयोजना हुन् लागेको हो ।

 

सोहि कार्यक्रमका लागि अमेरिका पुग्नु भएका अग्रज लोक दोहोरी गायक तथा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्मालाई आयोजकले विशेष स्वागत सम्मान गर्दै छ त्यसैगरी अग्रज तथा कुशल दोहोरी गायक, समाजसेवी म्याग्दी सामाजका संस्थापक अध्यक्ष पारसमणी श्रेष्ठको प्रत्यक्ष दोहोरी गायन तथा सम्मान कार्यक्रम रहेको छ ।

 

कार्यक्रममा बरिष्ठ लोक दोहोरी गायिका डोलमाया गुरुङ, नृत्य निर्देशक तथा मोडल शंकर विसी, संगीत संयोजक तथा गायक कमल सौराग लोकप्रिय गायिका मुना थापा, गायक मोडल, सर्जक सज्जन बोहोरा, गायक सङितकार अमृत रामदाम, लोकप्रिय लोक दोहोरी गायीका सुमित्रा लामा, चर्चित लोक दोहोरि गायक भीमसेन शाह, लोक दोहोरी गायिका गोमा गुरुङ, कलाकार सुजन रामदाम, नव नायिका मुस्कान गुरुङ र संगीतकार राजेश खड्गीको प्रस्तुती रहने भएको छ ।

 

कार्यक्रम अक्टोबर २७ तारिखको बेलुका ६ बजे देखि १२ बजे सम्म हुनेछ । उक्त कार्यक्रममा अग्रज व्यक्तित्व पारसमणी श्रेष्ठ, सिर्जना बिरही थापा, मुना थापा, सुमित्रा लामा र गोमा गुरुङ बीच कलाकारहरुको रमाइलो प्रत्यक्ष लाइभ दोहोरी हुने छ । सोही समयमा उक्त लाइभ दोहोरी गीतको छायांकन समेत गरिने छ ।

 

“मखमली सांगीतिक साँझ २०२४” कार्यक्रम अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा रहेको फेमिली किचेनमा सम्पन्न हुँदैछ । नेपाली गीत संगीत क्षेत्रका चर्चित नृत्य निर्देशक तथा मोडेल शंकर विसीद्वारा निर्देशन र छायांकन गरिने त्यस कार्यक्रमलाई नेपालका लोकप्रिय सञ्चार माध्यमबाट प्रशारण गरिने भएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

वि.सं.२०८२ असार ३१ मंगलवार १२:३१

काठमाडौँ — आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन...

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...