अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा “मखमली सांगीतिक साँझ – २०२४” हुँदै

काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड दिपावलीको अवसरमा अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा यहि अक्टोबर २७ मा भव्य “मखमली सांगीतिक साँझ – २०२४” को आयोजना हुँदैछ । लोकप्रिय लोकदोहोरी अग्रज गायिका सिर्जना विरही थापाको संयोजन साथै सुप्रसिद्ध लोकदोहोरी गायक तथा सर्जक राजन ठकुरीको कलाकार संयोजनमा यहि २७ अक्टोबर २०२४ मा अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा “मखमली सांगीतिक साँझ – २०२४” को आयोजना हुन् लागेको हो ।

सोहि कार्यक्रमका लागि अमेरिका पुग्नु भएका अग्रज लोक दोहोरी गायक तथा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्मालाई आयोजकले विशेष स्वागत सम्मान गर्दै छ त्यसैगरी अग्रज तथा कुशल दोहोरी गायक, समाजसेवी म्याग्दी सामाजका संस्थापक अध्यक्ष पारसमणी श्रेष्ठको प्रत्यक्ष दोहोरी गायन तथा सम्मान कार्यक्रम रहेको छ ।

कार्यक्रममा बरिष्ठ लोक दोहोरी गायिका डोलमाया गुरुङ, नृत्य निर्देशक तथा मोडल शंकर विसी, संगीत संयोजक तथा गायक कमल सौराग लोकप्रिय गायिका मुना थापा, गायक मोडल, सर्जक सज्जन बोहोरा, गायक सङितकार अमृत रामदाम, लोकप्रिय लोक दोहोरी गायीका सुमित्रा लामा, चर्चित लोक दोहोरि गायक भीमसेन शाह, लोक दोहोरी गायिका गोमा गुरुङ, कलाकार सुजन रामदाम, नव नायिका मुस्कान गुरुङ र संगीतकार राजेश खड्गीको प्रस्तुती रहने भएको छ ।

कार्यक्रम अक्टोबर २७ तारिखको बेलुका ६ बजे देखि १२ बजे सम्म हुनेछ । उक्त कार्यक्रममा अग्रज व्यक्तित्व पारसमणी श्रेष्ठ, सिर्जना बिरही थापा, मुना थापा, सुमित्रा लामा र गोमा गुरुङ बीच कलाकारहरुको रमाइलो प्रत्यक्ष लाइभ दोहोरी हुने छ । सोही समयमा उक्त लाइभ दोहोरी गीतको छायांकन समेत गरिने छ ।

“मखमली सांगीतिक साँझ २०२४” कार्यक्रम अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा रहेको फेमिली किचेनमा सम्पन्न हुँदैछ । नेपाली गीत संगीत क्षेत्रका चर्चित नृत्य निर्देशक तथा मोडेल शंकर विसीद्वारा निर्देशन र छायांकन गरिने त्यस कार्यक्रमलाई नेपालका लोकप्रिय सञ्चार माध्यमबाट प्रशारण गरिने भएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...