लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको नयाँ गीत “बिर्से हुन्छ मलाई” ले चर्चा बटुल्दै (भिडियो सहित)
वि.सं.२०८१ मंसिर १५ शनिवार ०५:४८
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको नयाँ गीत “बिर्से हुन्छ मलाई” केही दिन अघी सार्वजनिक भएको छ।
यस गीतमा शान्ती श्री परियार र कस्तुप पन्तको स्वर रहेको छ भने कस्तुप पन्त कै शब्द, संगीत रहेको छ । यस गीतको भिडियोलाई सिर्जन बराल (ऋषी) को निर्देशन रहेको छ भने रेशम दर्लामीको छायांकन, अमृत चापागाईको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा ज्ञानु नेपाली र यशु भट्टराईको अभिनय रहेको छ। यस गीतलाई कस्तुप पन्तको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८१ मंसिर १५ शनिवार ०५:४८