सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

काठमाडौं-रापती समाज काठमाडौंले आफ्नो “१८औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशन” भव्य रूपमा सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ। “सबैको विश्वास, सबैको भर; राप्तीवासीको साझा घर” भन्ने नाराका साथ आयोजित कार्यक्रममा सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ।

 

नवगठित कार्यसमितिमा अध्यक्ष गोविन्द मधुर आचार्य सँगै वरिष्ठ उपाध्यक्षमा एकराज भण्डारी, उपाध्यक्षहरूमा मोहनलाल डांगी र माधवी रेग्मी, महासचिवमा गायत्रा कुमारी विसी, सचिवमा सिर्जु अधिकारी, कोषाध्यक्षमा सोनि पाण्डे थापा, र सह-कोषाध्यक्षमा वेदप्रसाद भट्टराई रहेका छन्। त्यसैगरी सदस्यहरूमा देवराज आचार्य, प्रेमराज लामिछाने, लोकबहादुर रसाइली, बिमला पौडेल, रिता केसी, मीना बस्नेत, पूर्णबहादुर पुरी, बिमला भुसाल, सरस्वती देवकोटा, सुमित्रा पाण्डे रहेका छन् । बाँकी सदस्यहरुलाई बिधान सम्मत नियुक्त गरिने निर्वाचन मण्डलले जनाएको छ ।

 

अधिवेशन कार्यक्रममा समाजका पुर्व अध्यक्ष एवं सल्लाहकार त्रय गोपाल बस्नेत, सन्तोष श्रेष्ठ र शशि शर्मा मजगैयाँले निर्वाचन मन्डलको नेतृत्व गर्नुभएको थियो । मन्डलका सम्योजक गोपाल बस्नेतले नयाँ समिति निष्पक्ष र समावेशी गरिएको चर्चा गर्नुभयो । यसैबीच चर्चित सङ्गीतकार समेत रहनुभएका सन्तोष श्रेष्ठले रापती समाज गीत र साहित्यमा अग्रपंक्तिमा रहेकोे बताउँदै यस्ता खाले कार्यक्रमलाई अझै जोड दिन आग्रह गर्नुभयो ।

 

समाजले रापती क्षेत्रको कला, साहित्य, संगीत, संस्कृति, पर्यटन, र सामाजिक उत्थानमा अझ सशक्त भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ। कार्यक्रमको एक विशेष खण्डमा लोकसेवा आयोगबाट नयाँ अधिकृत बनेका युवा प्रतिभाहरूलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूमा तुलसीपुर-६ की ललिता कँडेल, तुलसीपुर-९ की पार्वती भण्डारी, तुलसीपुर-६ का सुन्दरकुमार बुढाथोकी, तुलसीपुर-९ का जोखिम वली, बबई-४ की बिमला भण्डारी, र लमही-१ का विजय पौडेल रहेका छन्। समाजले उनीहरूको सफलता र योगदानको उच्च मूल्यांकन गर्दै बधाई र शुभकामना व्यक्त गरेको थियो। यसका साथै आजिवन तथा एसोसिएट सदस्यहरूलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथि संविधानविद तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले समाजको सफलता प्रति प्रशंसा गर्दै यसले सामाजिक र सांस्कृतिक गतिविधिहरूमा निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “राप्ती समाज काठमाडौंले कला, साहित्य र समाज सेवामा पुर्‍याएको योगदान अनुकरणीय छ। यसले राप्ती क्षेत्रको पहिचानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएको छ।”

 

कार्यक्रममा संविधानविद् डा. भीमार्जुन आचार्यले समाजले राप्ती क्षेत्रको समग्र विकासमा अझ गहन रूपमा क्रियाशील हुने अपेक्षा व्यक्त गर्दै भन्नुभयो, “समाजले कला, संस्कृति र सामाजिक सेवाका क्षेत्रमा आफ्नो प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ। अबका दिनमा यसलाई थप विस्तार गर्नुपर्छ।”

 

यसैबीच अधिवक्ता समेत रहेका रापती समाजका पुर्व अध्यक्ष एवं सल्लाहकार तथा गीतकार शशि शर्मा मजगैयाँले रापती समाज काठमाडौंको ऐतिहासिक पृष्ठभूमिलाई स्मरण गर्दै यसले गरेको महत्वपूर्ण योगदानको चर्चा गर्नुभयो। उहाँले भन्नुभयो, “समाजको प्रारम्भिक चरण कठिनाइ र चुनौतीले भरिएको थियो। आर्थिक अभावका बीच पनि हामीले समाजलाई अगाडि बढाउन सबैले गरेको अथक प्रयासले आजको यो सफल अवस्थासम्म ल्याएको छ।” उहाँले थप्नुभयो, “समाजले आफ्नो उद्देश्यलाई कहिल्यै भुल्नुभएन। सांस्कृतिक, साहित्यिक, र सामाजिक क्षेत्रमा यसले पु¥याएको योगदान अनुकरणीय छ। अबका दिनमा पनि नयाँ नेतृत्वले यसलाई गतिशील बनाउँदै राप्ती क्षेत्रको कला, संस्कृति, र सामुदायिक विकासका लागि थप ठोस काम गर्नुपर्छ।”

 

कार्यक्रममा पोल्यान्डबाट व्यवसायी हरिस लवनी र अमृता लवनीको उपस्थिति रहेको थियो। उहाँहरूले समाजको क्रियाकलापको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय रूपमा पनि यसलाई प्रवर्द्धन गर्नुपर्ने सुझाव दिनुभयो। कार्यक्रममाराष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्माले समाजको सांस्कृतिक गतिविधिहरूको प्रशंसा गर्दै भन्नुभयो, “राप्ती समाजले गरेको सांस्कृतिक र साहित्यिक योगदानले राष्ट्रिय स्तरमा उदाहरण प्रस्तुत गरेको छ। यसको निरन्तरता हुनुपर्छ।”

 

कार्यक्रममा संस्थापक अध्यक्ष मित्रलाल पार्धेले पोल्यान्डबाट शुभकामना सन्देश पठाउँदै भन्नुभयो, “राप्ती समाजले जुन ऊर्जा र समर्पणका साथ काम गरिरहेको छ, त्यसले राप्ती क्षेत्रको उज्ज्वल भविष्य निर्माण गर्न ठूलो भूमिका खेल्नेछ।” यसैबीच नयाँ कार्यसमितिले राप्ती क्षेत्रको कला, संस्कृति, पर्यटन, र समाज सेवाका क्षेत्रहरूमा थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। अध्यक्ष गोविन्द मधुर आचार्यले भन्नुभयो, “हामी सबैको विश्वास र सहकार्यबाट राप्ती समाजलाई अझ सशक्त बनाउँदै यसको पहिचानलाई नयाँ उचाइमा पुर्‍याउनेछौं।”

 

कार्यक्रममा निवर्तमान अध्यक्ष सिमा पुरीले आफ्नो कार्यकालका उपलब्धिहरू स्मरण गर्दै सबैलाई धन्यवाद दिनुभयो। उहाँले भन्नुभयो, “राप्ती समाजलाई यो स्थानसम्म पुर्‍याउन सबै सदस्यको निरन्तर सहयोग र योगदान प्रमुख रहेको छ। हामीले समाजको विकासका लागि थुप्रै चुनौतीहरूको सामना गर्दै अगाडि बढ्यौं, र आजको यो सफल अवस्था तपाईँहरूको योगदानकै प्रतिफल हो।”
उहाँले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै भन्नुभयो, “नयाँ नेतृत्वले समाजलाई अझ सशक्त र प्रभावकारी बनाउँदै अगाडि लैजानेछ भन्नेमा म विश्वस्त छु।”

 

त्यसैगरी, निवर्तमान महासचिव एकराज भण्डारीले पनि आफ्नो कार्यकालका अनुभवहरू सेयर गर्दै धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले भन्नुभयो, “मेरो कार्यकालमा समाजले गरेका कामहरूमा सबैको सहकार्य र विश्वासले ठूलो ऊर्जा थपेको छ। हाम्रो सफलताको मूल आधार भनेकै एकता र लगनशीलता हो।” उहाँले थप्नुभयो, “नयाँ नेतृत्वले यसभन्दा अझ सशक्त रूपमा राप्ती क्षेत्रको हितका लागि काम गर्न म विश्वास गर्छु। समाजलाई थप गतिशील बनाउनको लागि मेरो निरन्तर समर्थन रहनेछ। “कार्यक्रमको समापनमा “सबैको विश्वास, सबैको भर; राप्तीवासीको साझा घर” नाराले कार्यक्रमको भावनालाई झल्काएको थियो।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

वि.सं.२०८२ असार २५ बुधवार १०:४६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...