माघ २४ गते “विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान” को समुद्घाटन हुने

काठमाडौं। लोकप्रिय गायक विमलराज क्षेत्रीले देशभर सांगीतिक कार्यक्रम गर्ने भएका छन्। ‘विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान’ नाम दिइएको कार्यक्रम नेपाल सांस्कृतिक महासंघले आयोजना गर्न लागेको हो। सोमबार महासंघले बुढानिलकण्डस्थित लेवन ट्री होटलमा एक कार्यक्रमको आयोजना सहित अभियानको विभिन्न पक्षबारे जानकारी दियो।

 

कार्यक्रममा महासंघका अध्यक्ष तीर्थ बहादुर थापाले नेपाली कांग्रेसले गरेका क्रियाकलाप, उपलब्धी, सामाजिक रूपान्तरका महत्त्वपूर्ण घटनाहरू र भावी योजना देशभरका जनतासमक्ष पुर्याउन ‘विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान’ सुरु गर्न लागेको बताए। ‘नेपाली कांग्रेसले यो देशका लागि गरेको जति महत्त्वपूर्ण काम र गतिविधि अन्य कुनै पार्टीको छैन। ती सबै कामको जानकारी जनतामाझ पुग्न सकेको छैन र अन्यले भ्रम पार्ने काम गरिरहेका छन्’, थापाले भने, ‘सांगीतिक माध्यमबाट ती सबै गतिविधि जनतामाझ अब पुग्छ।’ नेपालको महत्त्वपूर्ण अभियान र परिवर्तनमा नेपाली कलाकर्मीको महत्वलाई नेपाली कांग्रेसले सधैँ आत्मसात् गर्दै आएकोले पनि कांग्रेसका विषयमा जनमानसमा रहेको केही भ्रम चिर्न पनि महासंघले यो अभियान सुरु गरेको थापाको भनाई थियो।

महासंघका महामन्त्री कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले नेपाली कांग्रेसले कलाकर्मीलाई सधैँ माया गरेर साथमा लिएर हिँड्दै आएको स्मरण गर्दै नेपाली जनतामाझ कांग्रेसलाई अझ नजिकबाट चिनाउन विमलराज क्षेत्री लोकतान्त्रिक अभियान महत्त्वपूर्ण हुने चर्चा गरे।

 

नेपाली कांग्रेस महाधिवेशन सदस्य प्रभातमणी ओझाले विमलराज क्षेत्री लोकतान्त्रिक अभियानको नेपाली कांग्रेसका लागि किन महत्त्वपूर्ण भन्ने विषयमा प्रकाश पारे। नेपाल सांस्कृतिक महासंघकी कोषध्याक्ष राधिका हमाल, बागमती प्रदेशका अध्यक्ष राजेन्द्र खत्री, कलाकार प्रभाकर देव शर्मा, मनोज केसी, सुनिल पुरी लगायतको थुप्रै व्यक्तिको उपस्थिति कार्यक्रममा थियो।

 

कार्यक्रममा गायक विमलराज क्षेत्रीले ‘विमलराज क्षेत्री लोकतान्त्रिक अभियान’ आफूले सानैदेखि देखेको सपना भएको भन्दै अहिले आएर पुरा हुन लागेको बताए। ‘मलाई सानैदेखि नेपाली कांग्रेसको चारतारे झण्डा लिएर देशभर सांस्कृतिक अभियान बनाएर घुम्ने रहर थियो। संसारभर पुग्ने रहर थियो’, क्षेत्रीले भने ‘त्यसको सुरुवात नेपाली सांस्कृतिक महासंघले गर्न लागेको छ। महासंघका सम्पुर्ण कार्यसमिति प्रति हार्दिक आभार व्यक्त गर्दछु।’ नेपाली कांग्रेसको इतिहास र भविष्यले आफूलाई सधैँ चिन्तित तुल्याएको बताउने गायक क्षेत्रीले नेपाली कांग्रेसको इतिहास बिस्तारै छोपिँदै गएकोले सबैको जानकारी जनमाझ पुर्याउन आफ्नो अभियान महत्त्वपूर्ण हुने दाबी गरे।

 

‘नेपाली कांग्रेसको बिचार, विकासको हाइवे बेलाबेलामा पहिरो आएर पुरिन्छ’, क्षेत्रीले थपे ‘नेपाली कांग्रेसको काम अन्यले जस लिने काम भएको छ ।’ अभियानमा नेपाली कांग्रेस, जनता सुखदुखका गीतहरू समेत गाउने उनले जानकारी दिए । ‘यो लोकतान्त्रिक सांस्कृतिक अभियानले नेपाली जनतालाई कांग्रेससँग अझ नजिकसँग जोड्छ भन्ने विश्वास लिएको छु’ उनले थपे।

 

यही माघ २४ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबाट समुद्घाटन सहित कार्यक्रमको सुरुवात हुनेछ। कार्यक्रम पहिलो चरणमा सातै प्रदेशको एक–एक जिल्लामा सम्पन्न हुनेछ। त्यसपछि अन्य जिल्लामा कार्यक्रम हुनेछ। विभिन्न तामझाम सहित सांगीतिक माहोलमा आयोजना हुने कार्यक्रममा गायक विमलराज क्षेत्रीलाई गायनमा लोकप्रिय लोक गायिका राधिका हमालले साथ दिनेछिन्। कार्यक्रममा कलाकार शिवंकर रिजाल, सुजाना केसी, शिवहरी बैरागी, प्रभाकर शर्मा, ,ऋतु थापा, सन्ध्या सानु, शशी थापा पुन, विष्णु धामी, उमाशंकर जोशी, टिका कुमारी क्षेत्री लगायतको समेत विभिन्न सांगीतिक प्रस्तुति रहने छ।

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

वि.सं.२०८३ असोज २० मंगलवार ११:१४

काठमाडौँ। नेपाली सांगीतिक क्षेत्रका सुप्रसिद्ध गीतकार तथा सङ्गीतकार रुपमा स्थापित...

“परिवर्तन नेपाल पत्रकारिता सम्मान” द्धारा रंग पत्रकार सबिता पोखरेल सम्मानित

“परिवर्तन नेपाल पत्रकारिता सम्मान” द्धारा रंग पत्रकार सबिता पोखरेल सम्मानित

वि.सं.२०८३ असोज २० मंगलवार ०८:३०

काठमाडौं। कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा लामो समयदेखि सक्रिय...

तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिक तर्फ महाधिवेशन प्रतिनिधिमा भारी मत सहित विजयी

तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिक तर्फ महाधिवेशन प्रतिनिधिमा भारी मत सहित विजयी

वि.सं.२०८३ असोज १८ आइतवार १३:०३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नम्बर...

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

वि.सं.२०८३ असोज १८ आइतवार १२:५५

काठमाडौं । चर्चित गायिका तथा राष्ट्रिय लोक तथा दोहोरी गीत...

बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

वि.सं.२०८३ असोज १८ आइतवार १२:४८

काठमाडौं। बहुप्रतिभा धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि...

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित

वि.सं.२०८३ असोज १८ आइतवार ०९:५२

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नवलपरासी (बर्दघाट सुस्ता...