“विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक जागरण अभियान” को समुद्घाटन, अब ७ वटा प्रदेश र ७७ जिल्लामा बिमलराज क्षेत्रीमय हुँदै

काठमाडौं। बरिष्ठ गायक विमलराज क्षेत्रीले देशभर सांगीतिक कार्यक्रम गर्ने भएका छन्। नेपाल सांस्कृतिक महासंघको आयोजनामा “विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक जागरण अभियान” सुरु गरिएको हो। गत बिहिबार २४ गतेका दिन नेपाली कांग्रेस पार्टी कार्यालय, सानेपा, ललितपुरको प्राङ्गणमा नेपाल सांस्कृतिक महासंघका अध्यक्ष तीर्थ बहादुर थापाको अध्यक्षता र नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबं प्रचार प्रसार संयोजक मिन बिश्वकर्माको प्रमुख आतिथ्यतामा समुद्घाटन भएको थियो। महासंघका महामन्त्री कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले सो कार्यक्रमको सञ्चालन गरेका थिए।

कार्यक्रममा महासंघका अध्यक्ष तीर्थ बहादुर थापाले नेपाली कांग्रेसले गरेका क्रियाकलाप, उपलब्धी, सामाजिक रूपान्तरका महत्त्वपूर्ण घटनाहरू र भावी योजना देशभरका जनता समक्ष पुर्याउन “विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक जागरण  अभियान” सुरु गर्न लागेको जानकारी गराए। ‘नेपाली कांग्रेसले यो देशका लागि गरेको जति महत्त्वपूर्ण काम र गतिविधि अन्य कुनै पार्टीको छैन। ती सबै कामको जानकारी जनतामाझ पुग्न सकेको छैन र अन्यले भ्रम पार्ने काम गरिरहेका छन्’, थापाले भने, ‘सांगीतिक माध्यमबाट ती सबै गतिविधि जनतामाझ अब पुग्छ।’ नेपालको महत्त्वपूर्ण अभियान र परिवर्तनमा नेपाली कलाकर्मीको महत्वलाई नेपाली कांग्रेसले सधैँ आत्मसात् गर्दै आएकोले पनि कांग्रेसका विषयमा जनमानसमा रहेको केही भ्रम चिर्न पनि महासंघले यो अभियान सुरु गरेको थापाले बताए।

कार्यक्रममा गायक विमलराज क्षेत्रीले “विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक जागरण अभियान” आफूले सानैदेखि देखेको सपना भएको भन्दै अहिले आएर पुरा हुन लागेको बताए। “मलाई सानैदेखि नेपाली कांग्रेसको चारतारे झण्डा लिएर देशभर सांस्कृतिक अभियान बनाएर घुम्ने रहर थियो। संसारभर पुग्ने रहर थियो’, क्षेत्रीले भने ‘त्यसको सुरुवात नेपाली सांस्कृतिक महासंघले गर्न लागेको छ। महासंघका सम्पुर्ण कार्यसमिति प्रति हार्दिक आभार व्यक्त गर्दछु।” नेपाली कांग्रेसको इतिहास र भविष्यले आफूलाई सधैँ चिन्तित तुल्याएको बताउने गायक क्षेत्रीले नेपाली कांग्रेसको इतिहास बिस्तारै छोपिँदै गएकोले सबैको जानकारी जनमाझ पुर्याउन आफ्नो अभियान महत्त्वपूर्ण हुने दाबी गर्नुका साथै आफु बिधार्थी जिवनमा कांग्रेस पार्टीको चुनाबी गीत गाउदै आएका बिगतका पलहरु संगै वर्तमान भोगाई तथा अनुभबहरु समेत ब्यक्त गरेका थिए।

कार्यक्रम पहिलो चरणमा सातै प्रदेशको एक–एक जिल्लामा सम्पन्न हुनेछ। त्यसपछि अन्य जिल्लामा कार्यक्रम हुनेछ। विभिन्न तामझाम सहित सांगीतिक माहोलमा आयोजना हुने कार्यक्रममा गायक विमलराज क्षेत्रीलाई गायनमा लोकप्रिय लोक गायिका राधिका हमालले साथ दिनेछिन्। कार्यक्रममा कलाकार शिवंकर रिजाल, सुजता केसी, शिवहरी बैरागी, प्रभाकर देब शर्मा, ,ऋतु थापा, सन्ध्या शानु, शशी पुन, विष्णु धामी, उमाशंकर जोशी, टिका कुमारी क्षत्री लगायतको समेत विभिन्न सांगीतिक प्रस्तुती रहेको थियो।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

वि.सं.२०८३ साउन ९ शनिवार १४:३५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार ०९:१८

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...