“विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक जागरण अभियान” को समुद्घाटन, अब ७ वटा प्रदेश र ७७ जिल्लामा बिमलराज क्षेत्रीमय हुँदै

काठमाडौं। बरिष्ठ गायक विमलराज क्षेत्रीले देशभर सांगीतिक कार्यक्रम गर्ने भएका छन्। नेपाल सांस्कृतिक महासंघको आयोजनामा “विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक जागरण अभियान” सुरु गरिएको हो। गत बिहिबार २४ गतेका दिन नेपाली कांग्रेस पार्टी कार्यालय, सानेपा, ललितपुरको प्राङ्गणमा नेपाल सांस्कृतिक महासंघका अध्यक्ष तीर्थ बहादुर थापाको अध्यक्षता र नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबं प्रचार प्रसार संयोजक मिन बिश्वकर्माको प्रमुख आतिथ्यतामा समुद्घाटन भएको थियो। महासंघका महामन्त्री कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले सो कार्यक्रमको सञ्चालन गरेका थिए।

 

कार्यक्रममा महासंघका अध्यक्ष तीर्थ बहादुर थापाले नेपाली कांग्रेसले गरेका क्रियाकलाप, उपलब्धी, सामाजिक रूपान्तरका महत्त्वपूर्ण घटनाहरू र भावी योजना देशभरका जनता समक्ष पुर्याउन “विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक जागरण  अभियान” सुरु गर्न लागेको जानकारी गराए। ‘नेपाली कांग्रेसले यो देशका लागि गरेको जति महत्त्वपूर्ण काम र गतिविधि अन्य कुनै पार्टीको छैन। ती सबै कामको जानकारी जनतामाझ पुग्न सकेको छैन र अन्यले भ्रम पार्ने काम गरिरहेका छन्’, थापाले भने, ‘सांगीतिक माध्यमबाट ती सबै गतिविधि जनतामाझ अब पुग्छ।’ नेपालको महत्त्वपूर्ण अभियान र परिवर्तनमा नेपाली कलाकर्मीको महत्वलाई नेपाली कांग्रेसले सधैँ आत्मसात् गर्दै आएकोले पनि कांग्रेसका विषयमा जनमानसमा रहेको केही भ्रम चिर्न पनि महासंघले यो अभियान सुरु गरेको थापाले बताए।

 

कार्यक्रममा गायक विमलराज क्षेत्रीले “विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक जागरण अभियान” आफूले सानैदेखि देखेको सपना भएको भन्दै अहिले आएर पुरा हुन लागेको बताए। “मलाई सानैदेखि नेपाली कांग्रेसको चारतारे झण्डा लिएर देशभर सांस्कृतिक अभियान बनाएर घुम्ने रहर थियो। संसारभर पुग्ने रहर थियो’, क्षेत्रीले भने ‘त्यसको सुरुवात नेपाली सांस्कृतिक महासंघले गर्न लागेको छ। महासंघका सम्पुर्ण कार्यसमिति प्रति हार्दिक आभार व्यक्त गर्दछु।” नेपाली कांग्रेसको इतिहास र भविष्यले आफूलाई सधैँ चिन्तित तुल्याएको बताउने गायक क्षेत्रीले नेपाली कांग्रेसको इतिहास बिस्तारै छोपिँदै गएकोले सबैको जानकारी जनमाझ पुर्याउन आफ्नो अभियान महत्त्वपूर्ण हुने दाबी गर्नुका साथै आफु बिधार्थी जिवनमा कांग्रेस पार्टीको चुनाबी गीत गाउदै आएका बिगतका पलहरु संगै वर्तमान भोगाई तथा अनुभबहरु समेत ब्यक्त गरेका थिए।

 

कार्यक्रम पहिलो चरणमा सातै प्रदेशको एक–एक जिल्लामा सम्पन्न हुनेछ। त्यसपछि अन्य जिल्लामा कार्यक्रम हुनेछ। विभिन्न तामझाम सहित सांगीतिक माहोलमा आयोजना हुने कार्यक्रममा गायक विमलराज क्षेत्रीलाई गायनमा लोकप्रिय लोक गायिका राधिका हमालले साथ दिनेछिन्। कार्यक्रममा कलाकार शिवंकर रिजाल, सुजता केसी, शिवहरी बैरागी, प्रभाकर देब शर्मा, ,ऋतु थापा, सन्ध्या शानु, शशी पुन, विष्णु धामी, उमाशंकर जोशी, टिका कुमारी क्षत्री लगायतको समेत विभिन्न सांगीतिक प्रस्तुती रहेको थियो।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

वि.सं.२०८३ असोज २० मंगलवार ११:१४

काठमाडौँ। नेपाली सांगीतिक क्षेत्रका सुप्रसिद्ध गीतकार तथा सङ्गीतकार रुपमा स्थापित...

“परिवर्तन नेपाल पत्रकारिता सम्मान” द्धारा रंग पत्रकार सबिता पोखरेल सम्मानित

“परिवर्तन नेपाल पत्रकारिता सम्मान” द्धारा रंग पत्रकार सबिता पोखरेल सम्मानित

वि.सं.२०८३ असोज २० मंगलवार ०८:३०

काठमाडौं। कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा लामो समयदेखि सक्रिय...

तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिक तर्फ महाधिवेशन प्रतिनिधिमा भारी मत सहित विजयी

तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिक तर्फ महाधिवेशन प्रतिनिधिमा भारी मत सहित विजयी

वि.सं.२०८३ असोज १८ आइतवार १३:०३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नम्बर...

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

वि.सं.२०८३ असोज १८ आइतवार १२:५५

काठमाडौं । चर्चित गायिका तथा राष्ट्रिय लोक तथा दोहोरी गीत...

बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

वि.सं.२०८३ असोज १८ आइतवार १२:४८

काठमाडौं। बहुप्रतिभा धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि...

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित

वि.सं.२०८३ असोज १८ आइतवार ०९:५२

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नवलपरासी (बर्दघाट सुस्ता...