दिपाशा बिसीको निर्देशनमा सबैलाई रुवाउने तीज गीत “बाकश” सार्वजनिक (भिडियो सहित)
वि.सं.२०७८ भदौ २२ मंगलवार १६:५४
चर्चित मोडल दिपाशा बिसीको तीज बिशेष गीत “बाकश” यती बेला चर्चामा रहेको छ । यस गीतमा टिका पुन, केशरी घर्ती, चाँदनी मगरको स्वर रहेको छ भने दिपाशा बिसी कै शब्द, संगीत रहेको छ ।
यस गीतमा दिपाशा बिसीको निर्देशन रहेको छ भने गणेश गौतमको परिकल्पना, सुवर्ण दुलालको सह निर्देशन तथा सम्पादन, टेकेन्द्र शाहको रंग संयोजन, करण चैशिरको छायांकन रहेको छ ।
उक्त गीतको भिडियोमा दिपाशा बिसी, मानसिंह खड्का, निरुता शाही, टिका सानु, चित्रा पुन, बिक्रम आचार्य, बबिन ठकुरी, गोबिन्द बिवश, सन्ध्या रेग्मी, सुवर्ण दुलाल, सोफिया बिसी, दिपु शाही, केसरी घर्ती , चादनी मगर आदीको अभिनय रहेको छ । यस गीतलाई टाईम्स टिभी नेपालबाट सार्वजनिक गरिएको हो ।
सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।
वि.सं.२०७८ भदौ २२ मंगलवार १६:५४