समिर आचार्यको नयाँ म्युजिक भिडियो “बोल्ने भए बोल नत्र ब्लक हान” सार्वजनिक

वि.सं.२०८१ फागुन १७ शनिवार ०८:३४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।
सोही क्रममा गायक समिर आचार्यको नयाँ म्युजिक भिडियो “बोल्ने भए बोल नत्र ब्लक हान” बोलको गित सार्वजनिक भएको छ । यस गीतमा समिर आचार्यको शब्द, संगीत र आवाज रहेको छ ।
यस गीतको एरेञ्ज, मिक्सिङ कोबिड बज्रले गरेका हुन् । यस गीतको भिडियोमा चर्चित डान्सर बद्रि बिष्टको निर्देशन रहेको छ भने पवन सुस्लिङको छायांकन, सम्पादन, रंग संयोजन रहेको छ ।
उक्त गीतको भिडियोमा म्युजिक भिडियोमा सुनिल क्षेत्री, बद्री बिष्ट र सलिना खत्रीको अभिनय रहेको छ । यस गीतलाई नेपमेलो युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

वि.सं.२०८१ फागुन १७ शनिवार ०८:३४