“जनचेतनामूलक अनामनगर उत्सब – २०८१” सम्पन्न

काठमाडौंको अनामनगरमा “जनचेतनामूलक अनामनगर उत्सब कार्यक्रम” सम्पन्न भएको छ। लागू औषध दुर्ब्यशन, सर्ने नसर्ने रोगहरु, सामाजिक सञ्जालको दुरुपयोग, भ्रष्टाचार, महिला हिंसा, लैंगिक हिंसा ब्यथिती बिसंगती, सुरक्षीत बैदेशिक रोजगार, सुरक्षित बैंकिङ कारोबार, मानसिक स्वास्थ्य, मौलिक भजन, बाल अधिकारका बिषयमा आधारित रहेर जनतालाइ चेतना जगाउने उद्देश्यले आयोजित बृहत जनचेतनामूलक सांस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।

 

स्वीकृति इभेण्ट म्यानेजमेन्टले आयोजना गरेको कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर २९ संरक्षक एबम प्रबर्द्धक रहेको थियो। बिकृती बिसंगतिका बिबिध बिषयमा वडा बासिहरुलाइ चेतनशिल गराउने उद्देश्य अनुरुप यो कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष कुश ढकालले बताउनु भयो। बिशुद्ध जनचेतना जगाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा दर्जनौँ कलाकारले सहभागिता जनाएका थिए। कार्यक्रममा सहभागिहरुलाइ योग प्रशिक्षिका सरिफा आचार्यले कार्यक्रमको सुरुवात स्वायध्यन योग ध्यान बाट गर्नु भएको थियो।

 

कार्यक्रममा कामनपा वडा नम्बर २९ का वडा अध्यक्ष कुश ढकालले प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै गीत संगीत र सडक नाटकको माध्यमबाट जनतालाइ छिटो भन्दा छिटो प्रभाब पर्ने भएकोले यस्तो किसिमको कार्यक्रम आयोजना गरिएको र आगामी दिनमा अझ बृहत रुपले सबैलाइ समेटेर कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

 

विविध बिषयमा तालिम प्राप्त २२ जना कालाकारले जनचेतनामूलक बिषय बस्तुमा आधारित रहेर जनचेतनामूलक सडक नाटक प्रस्तुत गरेका थिए। जनचेतनामूलक दोहोरी, जनचेतनामूलक हास्यब्यंग्य, जादु, नृत्य एबम ओम्कारेश्वर भजन समुह, मुक्तेस्वर भजन समूह, गोपालसिद्ध पाणिनी भजन समाजको मौलिक भजन प्रस्तुतीले कार्यक्रमलाई अझ उल्लासमय बनाएको कुरा कार्यक्रमका संयोजक तथा स्वीकृति इभेन्टका प्रमुख् नवीन पौडेलले बताए।

 

बरिष्ठ गायक नवीन ढुङेल, दुर्गा रायमाझी, श्रीदेबी देबकोटा, जादुगर राजेन्द्र गिरी, सुमि तामाङ, अन्जु कटुवाल, ममता कार्की, सुश्मा शोनी, मिनाक्षी जिएम, अमरदिप बिसि लगायत कलाकारले आकर्षक प्रस्तुती प्रस्तुत गरेका थिए। कार्यक्रममा २९ नम्बर वडाका वडा सदस्यहरु सन्तोश ढुंगेल, रेणु श्रेष्ठ, संगीता पुजारी, अनिलबाबु श्रेष्ठ एबम वडा सचिब शम्भु बरालको उपस्थिति रहेको थियो।

 

कार्यक्रममा प्रकाश गौतम, सञ्जय डिम्पल, कुशुम थापा, हेमनारायण श्रेष्ठ, अमृत थापा, सरिफा आचार्य, स्वीकृति पौडेल, सुभाङ्गी खड्का, एजिकल परियार, साबित्रा बिसि, ध्रुब ओलि, सुशिला डाँगी, श्रीना पौडेल, इन्द्र केसि, सोनाम मगर लगायत कलाकारको नाटक प्रहशनले सबैको ध्यान तानेको थियो। सितल शर्माको उद्घोषण रहेको कार्यक्रममा राधेश्याम लेकाली, नानिबाबु बुढाथोकी,रुद्र प्रसाद बस्याल, शोभित उप्रेती, अर्जुन श्रेष्ठ, उज्ज्वल घिसिङ, सरिफा आचार्य, शेषनारायण पोखरेल, गोबिन्द नेपाल, मुकुन्द घिमिरे लगायत अतिथिको रुपमा सहभागी हुनुन्थ्यो। मिडिया सहयोगिको रुपमा सुनौलो नेपाल डटकम, मध्यान्ह दैनिक, जन सवाल दैनिक, मेचिकाली खबर, नेपाल खबर, नेपाल पुकार टिभी, वोर्ल्ड वाइड टिभी नेपाल, कान्तिपुर पाटी, रातो पाटी डटकम, लोक सन्चारकर्मी नेपाल रहेका थिए।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...