शैलेस पहरीको नयाँ गीत “धोकेबाज” सार्वजनिक

वि.सं.२०८१ चैत २४ आइतवार ०७:५०

काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा बहुप्रतिभाशाली ब्यक्ति शैलेस पहरीको नयाँ गीत “धोकेबाज” सार्वजनिक भएको छ।
यस गीतमा शैलेस पहरीको स्वर, शब्द, संगीत रहेको छ भने रमेश सेञ्चुरीले एरेञ्ज मिक्सिङ गरेका हुन्। यस गीतको भिडियोमा देबेन्द्र कुँवरको निर्देशन रहेको छ भने शैलेस पहरीको द्धन्द्ध निर्देशन, राज पोखरेल र अमित बिकको छायांकन, राजेश अनुरागीको सम्पादन, अमित बिकको रंग संयोजन रहेको छ।
उक्त गीतको भिडियोमा शैलेस पहरी, गोबिन्द थापा, दिब्या बयलकोटी, पुष्पा कार्की, पुर्ण प्रधान, राजु महर्जन, बिक्रम तामाङ, सानु ब. तामाङ, बिशाल तामाङ आदीको अभिनय रहेको छ। यस गीतलाई शैलेस पहरीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

वि.सं.२०८१ चैत २४ आइतवार ०७:५०