मकै र काक्रो जती सके बाँदरको टिम (एलिना रायमाझी, बिशाल शोनी, सुश्मा शाही “ठकुरी”) ले (भिडियो ट्रेडिङ नं १ मा)

वि.सं.२०८२ वैशाख ११ बिहीवार १८:३९

काठमाडौं। पहिला पहिला मकै बारीमा र हरियो काक्रोमा बादर लागेपछी सबै सखाब पार्छ भन्थे। एउटा कुरा सम्झिनु पर्दा सानो हुँदा आफु भन्दा ठुला बडा अर्थात अग्रजहरुले बाँदर आएसी आफ्ना छोराहरु साना भएनी बादर लखेट्न पठाउथे। तर काठमाडौं आएसी पशुपती तिर होस् या स्वयम्भू तिर होस् त्यही बिगतलाई सम्झेर बाँदर देखेर धपाउन खोज्दा उल्टै बादरले नै धपाईदिएको याद बताएका छन्।
त्यसपछि अहिले बादर अनि मान्छे संग डराउनु पर्ने हुन्छ भन्ने लाग्न थाल्या जस्तो कुरा केही ब्यक्तिले भन्न थालेका छन्। अहिले गाँउको बाँदरले बाली सखाब पार्ने अनि काठमाडौंको बाँदर र काठमाडौं बसेका केही कलाकारहरुले गीत संगीतलाई सखाब पार्ने गरेका छन् भन्छन् अरु। त्यसको ज्वलन्त उदाहरण हुन् गायक तथा मोडल, बिशाल शोनी, गायिका सुश्मा शाही ठकुरी, मोडल तथा नायिका एलिना रायमाझी।
किनकी यो गीत नयाँ बर्ष २०८२ को पहिलो हिट गीत “मकैबारी दर्याम दर्याम” हो भन्दा कुनै दुबिधा नहोला। २०८२ सालको सुरुवात मै १ नम्बर ट्रेडिङमा पर्न सफल गीत भयो “मकैबारी दर्याम दर्याम”। यस गीतमा बिशाल शोनी र ठकुरी खानदानको छोरी सुश्मा शाही (ठकुरी) को स्वर रहेको छ भने बिशाल शोनीको शब्द, सन्दिप सेञ्चुरीको संगीत तथा थेगो रहेको छ।
यस गीतको भिडियोमा मुकेश नेपालीको निर्देशन, प्रकाश खड्काको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा बिशाल शोनी र एलिना रायमाझीको अभिनय रहेको छ।
यस गीतलाई बिशाल शोनीको युटुब च्यानलबाट सार्वजनिक गएिको हो। भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला।

वि.सं.२०८२ वैशाख ११ बिहीवार १८:३९