रोशन सिंह (क्षितिज), सुरेन्द्र कुमार दाहाल, समिक्षा भुजेलको अभिनयमा “दिलको ज्योती” सार्वजनिक

वि.सं.२०८२ वैशाख २० शनिवार १८:३८

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा केही दिन अघि नयाँ गीत “दिलको ज्योती” सार्वजनिक भएको छ।
यस गीतमा रोशन सिंह (क्षितिज) र अस्मिता अधिकारीको स्वर रहेको छ भने शंकर अधिकारी (घायल) को शब्द, घायल कृष्णको संगीत रहेको छ।
यस गीतमा शंकर अधिकारी (घायल) को निर्देशन रहेको छ भने राजन महर्जनको कोरियोग्राफी, चक्र बहादुर बरालको छायांकन, राजेश कुमारको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा रोशन सिंह (क्षितिज), सुरेन्द्र कुमार दाहाल, समिक्षा भुजेलको अभिनय रहेको छ। यस गीतलाई रोशन सिंह (क्षितिज) कै युटुब च्यानलबाट सार्वजनिक गरिर्एको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

वि.सं.२०८२ वैशाख २० शनिवार १८:३८