गायक सुगम पोखरेलको “यति छिटो” बोलको गीत सार्बजनिक

वि.सं.२०८२ वैशाख २८ आइतवार ०४:२५

काठमाडौं। गायक सुगम पोखरेलले “यति छिटो” बोलको गीत सार्बजनिक गरेका छन्। भुषण खरेको शब्द रहेको उक्त गीतको संगीत जेम्स प्रधान ले दिएका हुन्। करिब २ दशक अघि नै रेकर्ड गरिएको यो गीत गीतकार भुषण खरेलको जन्मदिनको अबसर पारेर गीत सार्बजनिक गरिएको हो।
गीतकार भुषण खरेलका म रोए पनि तिमी हासिदिनु, कति बस्छौ ओढि लाजको घुम्टो, बिहानी पहिलो किरण संगै लगायत गीत हरु चर्चित छन्।
यति बेला संगीत श्रोताहरुको स्वाद फेरिए पनि यो गीत ले केहि बर्ष अगाडिको संगीत सम्झाउने आशा सुगमले लिएका छन्।
गीतको भिडियोमा सुगम संगै सबिना राउतको अभिनय देख्न सकिन्छ। उक्त म्युजिक भिडियोलाई दिनेश थापाले छायांकन, सम्पादन तथा निर्देशन गरेका हुन्। गीतको म्युजिक भिडियो सुगम पोखरेलको युटुब मार्फत सार्बजनिक गरिएको हो।

वि.सं.२०८२ वैशाख २८ आइतवार ०४:२५