लोकप्रिय मोडल, निर्देशक शंकर बिसीको पृथक गीत “परदेश हिडियो” सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा लोकप्रिय मोडल, निर्देशक शंकर बिसीको पृथक गीत “परदेश हिडियो” सार्वजनिक भएको छ।

ग्रामिण भेगमा गरिबी, बेरोजगारीका कारणले साहुको ऋण लिएर आफ्ना सपनाहरुलाई थाती राख्दै आफ्नो आर्थिक स्तर र जिवन स्तर उकास्ने उदेश्यले परदेश जान लागेको कुरालाई समेट्ने प्रयास गरिएको छ।

अहिले पनि दैनिक रुपमा हजारौ, लाखौ नेपालीहरु बिदेशिनु पर्ने बाध्यता छ। हरेक नेपालीहरुको आ-आफ्नै समस्या र पारिवारिक समस्याहरु छन्। हरेक नेपालीहरुले भोग्नु परेको समस्यालाई यथार्थ चित्रण गर्दै जस्ताको त्यस्तै गीतको भिडियोमा उतार्ने कोसिस गरिएको छ। यस गीतमा राजेश पायल राई, शिब परियार, राम कुमार नेपाली, रचना रिमाल, सैराज खाती आदीको स्वर रहेको छ भने उनै शंकर बिसीको शब्द, राम कुमार नेपालीको संगीत तथा एरेञ्ज रहेको छ। यस गीतलाई कुमार रानाले मिक्सिङ, मास्टरिङ गरेका हुन्।

यस गीतको भिडियोमा शंकर बिसीको कथा, निर्देशन रहेको छ भने दुर्गा पौडेलको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा शंकर बिसी, बिमल अधिकारी, सारिका केसी, ओबी रायमाझी, दिपेन्द्र शोनाम, लोसिना लामिछाने, उषा सुबेदी, शुरबिर पण्डित, रमा थपलिया, रबिना बसेल, धर्मराज पोखरेल, प्रयुशा पराजुली आदीको अभिनय रहेको छ। यस गीतलाई शंकर बिसी कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रौतहटकी सान प्रतिभाशाली गायिका वर्षा दास

रौतहटकी सान प्रतिभाशाली गायिका वर्षा दास

वि.सं.२०८२ माघ १ बिहीवार ०५:४१

गायिका वर्षा दास यतिबेला चीनको ल्हासामा छिन् । ल्हासा स्थित...

म्याग्देली गायक राजन भुजेल बिश्वकर्माको नयाँ मौलिक गीत “दुई खोली दोभान” सार्वजनिक

म्याग्देली गायक राजन भुजेल बिश्वकर्माको नयाँ मौलिक गीत “दुई खोली दोभान” सार्वजनिक

वि.सं.२०८२ पुस ३० बुधवार ०५:४३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

वि.सं.२०८२ पुस २९ मंगलवार १३:०३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन “म्युजिक भिडियो कलाकार संघ नेपाल”...

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ पुस २८ सोमवार १३:१८

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

वि.सं.२०८२ पुस २३ बुधवार १२:३५

ललितपुर । "पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२"  मंसिर...