सन्तोष पराजुलीको “किन लाउथे र माया” सार्वजनिक
वि.सं.२०८२ असार १४ शनिवार ०४:४७
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा सन्तोष पराजुलीको नयाँ गीत “किन लाउथे र माया” सार्वजनिक भएको छ।
यस गीतमा सन्तोष पराजुलीको स्वर, संगीत रहेको छ भने सुदिप पौडेल सम्राटको शब्द रहेको छ। यस गीतको भिडियोमा जय चापागाईको परिकल्पना, राम प्रसाद बास्तोला र सन्तोष पराजुलीको स्क्रिप्ट, राम प्रसाद बास्तोलाको निर्देशन र सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा सरिता दानकुटी, दिपक दिप घिमिरे, नबिन ढुंगाना, नवराज दाहाल आदीको अभिनय रहेको छ। यस गीतलाई सन्तोष पराजुलीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८२ असार १४ शनिवार ०४:४७















