बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत स्तुति गीत हो, जसमा भगवान शिव—विशेष गरी “पशुपतिनाथ“ को स्वरूप—को स्तुति, आराधना र ध्यान गरिएको छ । ‘जय भोले, जय बाबा पशुपतिनाथ’ भन्दै भक्तिभावले भरिएको भजनले शिवको महिमा बर्णन गरेको छ ।  यस भजनमा आदी अन्त्य नभएका, जन्मनु, मर्नु नपर्ने, देवताका पनि देवता, तीन मुर्तीका एक मुर्ते भएका, कहिले व्रम्हा, विष्णु, महेश्वर भैरहने, समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विष घाटीमा राखी निलकण्ठ भैरहेका, योगमाया भगवतीका प्रिय हुनुभएका भगवान श्री पशुपतिनाथको – स्तुति, ध्यान र भक्ति भावलाई गहिरो रूपमा प्रस्तुत गरिएको छ ।

भजनका हर पंक्तिमा शिवको विभिन्न रूपहरू  शशी शेखर, गंगाधर, आशुतोष, त्रिनेत्रधारी  लाई स्मरण गर्दै भक्तले पूर्ण समर्पणसाथ प्रभुमा चित्त लगाउने सन्देश दिन खोजिएको छ । भजनमा उल्लेख गरिएझैँ शिवले तेस्रो नेत्रद्वारा अज्ञानको विनाश गरी प्राणी मात्रलाई मोक्ष दिन सक्ने शक्ति राख्छन् । यही कारण शिवलाई ‘देवाधिदेव’ र ‘सदा शिव’ भनिएको हो । शिवप्रति समर्पित प्रेम, श्रद्धा र ज्ञानमार्गद्वारा भक्तजन आत्मिक शान्ति र मोक्षको बाटोमा अग्रसर हुन सक्छन् भन्ने सन्देश पनि यो भजनले दिएको छ ।

भजनमा “शिव नै सृष्टिको पहिलो विहानी“ भनेर शिवलाई ब्रह्माण्डको आदि शक्ति मानिएको छ जसले सृष्टिको आरम्भ र अन्त्य दुवैलाई समेट्छ । भजनमा “ओम् नमः शिवाय” को जपद्वारा आध्यात्मिक रमणीयताको सन्देश दिइएको छ । यसले जनसमुदायमा प्रेम, करुणा र भक्तिको भावना जागृत गराउने उद्देश्य राखेको बुझिन्छ । ॐ भनेको ब्रह्माण्डको मूल ध्वनि हो, जुन शिवसँग जोडिन्छ । “कर जोडी नमन छ हे शशी शेखर“ “शशी शेखर“ भन्नाले जसले शीरमा चन्द्रमा धारण गरेका छन, भक्तले हात जोडेर शिवप्रति समर्पण, नमस्कार र श्रद्धा प्रकट गरेका छन् ।


 “लागिरहोस् प्रभुमै चित्त निरन्तर“ चित्त अर्थात् मन सधैं प्रभुमा नै लागिरहोस्, अन्यत्र नडुलोस्, नचलमलाओस्,  निरन्तर शिव–ध्यान गरौं भन्ने भाव भजनमा रहेको छ ।  “जय भोले .. जय बाबा पशुपतिनाथ“भोलेनाथ अर्थात् सरल स्वभावका देवता र पशुपतिनाथ अर्थात् संसारका सम्पूर्ण प्राणीका स्वामीको जय जयकार गरिएको छ । “प्राणी मात्रमा मोक्ष दिलाउने“ शिव मुक्तिदाता हुन्  जो कुनै पनि प्राणीले उहाँमा श्रद्धा राख्छ, तिनलाई मोक्ष अर्थात मुक्ति प्राप्त हुन्छ । “देवाधिदेव प्रभु हे आशुतोष“ देवताहरूका पनि देवता  देवाधिदेव “आशुतोष“ भन्नाले चाँडै प्रसन्न हुने शिव, जसले सानो श्रद्धाले पनि भक्तलाई वरदान दिन्छन् । “गंगाधराय हे महादेव“ जसले गङ्गा धारण गरेका छन्,  यसले शिवको धैर्य, करुणा र विश्वकल्याण गर्ने स्वरूप देखाउँछ ।“देवभूमि यो शास्त्र कहानी, शिव नै सृष्टिको पहिलो विहानी“नेपाल वा काशीजस्ता स्थानहरूलाई “देवभूमि“ भनिन्छ । शास्त्र अनुसार सृष्टिको आरम्भ शिवबाटै भएको हो उहाँ ‘आदि’ पनि हुनुहुन्छ र ‘अन्त’ पनि । “अन्तरमनले गरौं पुकार, पशुपतिनाथको महिमा अपार“बाह्य देखावट होइन, अन्तरमन अर्थात अन्तरिक श्रद्धाबाट पुकार गरौं ।

पशुपतिनाथको महिमा अपार छ जुन शब्दले वर्णन गर्न सकिन्न । “प्रेमको भाव सवमा जगाई, ज्ञान भक्तिको मार्ग समाई“ शिव भक्ति केवल डर वा कर्मकाण्ड मात्र होइन, प्रेम र ज्ञानद्वारा प्रेरित मार्ग पनि हो । सबैमा प्रेमभाव फैलाउने र ज्ञानको बाटो अँगाल्ने कुरा गरिएको छ भजनमा । “उमापतिको भजन यो गाउ, ओम् नमः शिवाय जप्दै रमाउ“उमापति  अर्थात् पार्वतीका पति शिव । भजन गाएर, “ॐ नमः शिवाय“ को जपद्वारा आनन्दित बनौं  यही शिवभक्ति हो ।

 

भजन ‘साम्व सदाशिव ॐ’ केवल भक्ति गीत मात्र होइन, एक ध्यान अनि भावना पनि हो जसले शिवप्रति प्रेम, समर्पण, ज्ञान र भक्ति सँगै मोक्षको बाटो देखाउँछ । यसले आत्मा र परमात्माबीचको सम्बन्ध उजागर गर्दछ । शास्त्र, संगीत र श्रद्धाको समिश्रणमा आधारित यस भजनले धार्मिक भावना मात्र होइन आत्मिक उन्नतिको बाटो देखाउने आध्यात्मिक प्रेरणा पनि दिन्छ । पशुपतिनाथमा श्रद्धा राख्ने सबैका लागि यो भजन एक सन्देशमूलक भक्ति संगीत बनेको छ ।

देवादिदेव भगवान महादेवका यिनै महत्व र विशेषता सहितको अत्यन्त श्रवणीय भजन गुरू पूर्णिमाको विशेष दिनमा सार्बजनिक भएको छ भने आज श्रावण कृष्ण प्रतिपदा,  आजबाट तिथिको हिसावले श्रावण महिना प्रारम्भ भइसकेको सन्दर्भमा पनि यो भजन सान्दर्भिक छ । विशेषतः भगवान भोलेनाथको पूजा आराधना गरि मनाईने श्रावण महिनाको सुरुवातमा नै सार्वजनिक ‘साम्व सदाशिव’ मा आफ्‌नो मधुर एवं ओजपूर्णस्वर दिएका छन् बबिना भट्टराई र प्राज्ञ डा. रमेश पोखरेलले, महेश ज्ञावलीको संगीत रहेको उक्त भजनमा शिव महिमाका शब्दहरु लेखेका हुन् नारद पोखरेलले । यो विशेष अवसरमा बबिना भट्राईको आफ्‌नै आध्यात्मिक युट्युव च्यानल श्री भजन्स् मार्फत सार्जजानिक भएको उक्त भजनमा ऐरेन्ज रहेको छ बिनोद कुमार भुजेलको । एकस्टिक नेपालको स्टुडियोमा दिल समर्पण र राजबाबु थारुले रेकर्ड गरेका उक्त सुमधुर शिव भजनको मिक्सिङ र मास्टरिङ प्रकाश मिश्रले गरेका छन् ।

भजन ‘साम्ब सदाशिव’ को भिडियोमा गायिका बबिना आफै फिचर्ड छिन् । पशुपतिनाथ परिसरमा ऐजे अजुको निर्देशनमा निर्माण गरिएको भिडियोमा बबिना एउटी शिव भक्तिनीको रुपमा शिव भजनमा मन्त्रमुग्ध भएर भजन भित्रै आँफूलाई हराएकी छिन् । भजनमा उनी यति डुवेकी छिन् मानौ भजन गाइरहदा साक्षात देवाधिदेव महादेव पशुपतिनाथमा प्रकट हुनु भएको छ । भिडियोमा उनको भेषभूषा अनि सिउँदोमा सजिएको सिन्दुरले सबै नारीहरुले अनुशरण गर्नु पर्ने एउटी साध्वी नारीको रुपमा उनी प्रस्तुत भएकी छिन् भने उनी संगै गायक डा. रमेश पोखरेल र समुहलाई पनि देख्न पाइन्छ । भिडियोको छायाकंन एजे अजुले गरेका छन् भने सम्पादन र कलर अनिल विष्ट सल्यानीले गरेका छन् ।  निर्माता भजनका लेखक नरद पोखरेल रहेका छन् । रोजिना श्रेष्ठले भिडियामा फिचर्ड व्यक्तिहरुलाई श्रृङ्गार गरेकी छिन् ।  

गुरू पूर्णिमाको सन्दर्भ विशेषमा आफ्‌नै आध्यात्मिक च्यानल ‘श्री भजन्स्‌’ मार्फत सार्वजनिक शिव भजन ‘साम्ब सदाशिव’ नेपाली भजनप्रेमीहरुले मन पराउने विश्वास लिएको बताउँदै गायिका बबिना भट्टराईले आगामी दिनहरुमा यसै च्यानल मार्फत आफ्‌ना विविधतायुक्त भजनहरु भजनप्रेमी दर्शक, श्रोताहरु माझ ल्याउने विश्वास व्यक्त गर्दै  आफ्‌नो आध्यात्मिक च्यानल ‘श्री भजन्स्‌’ लाई सब्स्‌क्राइव, लाइक, कमेन्ट, शेयर गरि सहयोग गरिदिन पनि आग्रह गरेकी छिन् भने श्रव्य र दृष्य मार्फत यो सुन्दर कर्ममा जोडिने सबै आध्यात्मिक मनहरु प्रति आभार व्यक्त गर्दै ह्दय देखि नमन गरेकी छिन् ।


  
भजनका लेखक नारद पोखरेल भजनको शब्दहरुको व्याख्या गर्दै भन्छन्  “साम्ब सदा शिव“ शब्द संस्कृतबाट आएको र “साम्ब“ भन्नाले “सा+अम्बा“, जसको अर्थ हुन्छ “अम्बा अर्थात (पार्वती सहित भएका“। “सदा शिव“भन्नाले “सधैँ शिव“, अर्थात् सदा अस्तित्वमा रहेका, दयालु, कल्याणकारी र शान्तिको प्रतीक भगवान शिव यस अर्थमा, “साम्ब सदा शिव“ भन्नाले “पार्वतीसँगै रहने सदा शिव“ भन्ने जनाउँछ । यो नाम भगवान शिवको त्यो रूपलाई समर्पित छ, जसमा उहाँ पार्वतीसँग एकाकार भई सम्पूर्ण सृष्टिको ऊर्जा, प्रेम र करुणाका स्रोत बन्नुहुन्छ । साम्ब सदा शिव भगवानको त्यो रूप हो जसले शिव र शक्तिको एकता देखाउँछ जहाँ शिव बिना शक्ति अपूर्ण छन् र शक्ति बिना शिवको अस्तित्व अधुरो छ ।’
 

भगवान प्रति पूर्ण आस्था र विश्वास राख्ने गायिका तथा संगीतकार बबिना भट्टराईका स्वर तथा संगीतमा भगवान श्री कृष्ण, भगवान श्री राम, भगवान महादेव लगायतका विभिन्न भजनहरु सार्वजनिक भइसकेका छन् । नेपाली सुगम संगीतमा पनि उनले धेरै गीत, गजलहरुमा आफ्‌नो सुमधुर स्वर दिएकी छिन् । गायन र संगीत मार्फत धर्म, अध्यात्म र भक्तिमा बबिना भट्टराईले दिएकी योगदान विशेष प्रशंसनीय रहेको छ । आगामी दिनहरुमा पनि भजनद्धारा भगवानको भक्तिभाव र गुणगानलाई निरन्तरता दिई समाजमा अध्यात्म स्थापित गर्न प्रयास गर्ने उनी बताउँछिन् ।

भजन
साम्व सदा शिव ॐ
कर जोडी नमन छ हे शशी शेखर
लागिरहोस् प्रभुमै चित्त निरन्तर
जय भोले ..जय बाबा पशुपतिनाथ

लोचन तेश्रो दिव्य खुलाउने्‌
प्राणी मात्रमा मोक्ष दिलाउनै
 देवाधिदेव प्रभु हे आशुँतोष
गंगाधराय हर महादेव
साम्व सदा शिव ॐ
 
नमहः शिवायः ॐ नमः शिवाय ॐ

देवभूमि यो शास्वत् कहानी
शिव नै सृष्टिको पहिलो विहानी
अन्तरमनले गरौ पुकार
पशुपतिनाथको महिमा अपार..
साम्व सदा शिव ॐ

प्रेमको भाव सवमा जगाई
ज्ञान भक्तिको मार्ग समाई
उमापतिको भजन यो गाउ
ओम् नमः शिवाय जप्दै रमाउ
साम्व सदा शिव ॐ

कर जोडी नमन छ हे शशी शेखर
लागिरहोस् सधैं चित्त निरन्तर
जय भोले जय बाबा पशुपतिनाथ

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

वि.सं.२०८३ वैशाख २३ बुधवार ०७:१४

काठमाडैं। केही बर्ष यता बैदेशिक रोजगारीको शिलशिलामा ठगी गर्ने गिरोह...

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:२३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...