गायिका रिता बुढाथोकीको विशुद्ध तिज गीत “आमा मेरी आमा” लाई दर्शकको साथ

काठमाडौं। गायिका रिताको विशुद्ध तिज गीत “आमा मेरी आमा” लाई दर्शकको साथ विशुद्ध तिज गीत ‘आमा मेरी आमा’ लाई दर्शकको साथ आमाको यादमा गायिका रिता बुढाथोकी बहुआयामिक कलाकार रिता बुढाथोकीको स्वरमा रहेको तीज गीत ‘आमा मेरी आमा’ ले रिलिज भएको २ हप्तामा विशुद्ध अर्गानिक ५० हजार भ्युज पाएको छ।

 

भिडिओ गायिका रिता बुढाथोकीकै युट्युब च्यानल Rita Budhathoki बाट २ हप्ता अघि डिजिटल बजारमा आएको हो। दण्डपाणि पाण्डेको शव्द/सङ्गीत, राकेश सोनीको म्युजिक एरेञ्ज र सञ्जय श्रीपालको मिक्सिङ्/माष्टरिङ् रहेको यस गीतमा सहगायनमा गायिका रितालाई महेश्वरी रास्कोटी र गीता सेञ्चुरीले साथ दिएका छन्।

 

भिडिओ मुकेश नेपालीको निर्देशन एवं कोरियोग्राफीमा छायाङ्कन भएको हो। भिडिओमा वीरेन्द्र भाट ‘विपिन’ को क्रिएटिभ डाइरेक्शन, सिनेमाटोग्राफी एवं इडिटिङ रहेको छ भने सन्जना गुरुङ, वीरमा खड्का, मुकेश नेपाली लगायतका दर्जनौं कलाकारलाई नृत्य/अभिनयमा देख्न सकिन्छ। भिडिओमा लोकेश भाटले एसोसिएट इडिटरको रुपमा काम गरेका छन्।

 

गोपाल भुजेलले निर्माण गरेको यो भिडिओ वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा तयार भएको हो। गीतमा लामो समयदेखि आमासँग भेट्न नपाएकी एउटी चेलीको मनोभाव व्यक्त गरिएको छ। आमा कहाँ होलिन् ? के गर्दै होलिन् ? सञ्चो बिसञ्चो कस्तो अवस्थामा होलिन् ? भन्ने नानाथरि कुराहरु मनमा खेलाएर आमाको यादमा बेचैन रहेकी चेलीको भावना र अवस्थालाई गीतले जीवन्त बनाएको छ।

 

तीज पर्वकै भावना र मर्म पोखिएको, वास्तविक तिजगीत भन्न सुहाउने यस गीत/भिडिओका दर्शक स्रोताले पनि युट्युबमा अत्यन्तै सकारात्मक प्रतिक्रिया दिएका छन्। चलचित्रका गीत, लोक दोहोरी, तीज गीत, भाषाभाषी गीत आदि गरेर ५ दर्जन भन्दा बढी गीतमा स्वर दिईसकेकी रिता रात्रीकालिन ‘लोकदोहोरी साँझ’ की पनि एक चर्चित गायिका हुन्ला। मो समयसम्म निरमाया दोहोरीमा गीत गाएकी उनी हाल ‘उत्कृष्ट दोहोरी साँझ’ अत्तरखेलमा गाईरहेकी छिन्।

 

उनको गायनयात्रा नदी झैं अविरल बगिरहेको छ। गायन प्रस्तुतिकै सिलसिलामा अन्तर्राष्ट्रिय मुलुक भारतका विभिन्न शहर, दुबई र यूरोपका अधिकांश देशको भ्रमण गरिसकेकी गायिका रिताले नेपालका धेरैजसो जिल्लामा आयोजित सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो कला प्रस्तुत गरिसकेकी छिन्।

 

सांस्कृतिक आदानप्रदान अन्तर्गत दर्जनौं अन्तर्राष्ट्रिय मुलुकमा नेपाली मौलिक कलाको प्रदर्शन गरेर देश चिनाउँदै आएको रामचन्द्र कोईरालाद्वारा सञ्चालित ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’मा आवद्ध भई नेपाली कल्चरल गीत गाउँदै आएकी रिता नेवारी, भोजपुरी, टप्पा, कौरा, सालैजो, तामाङ सेलो, हुड्केली लगायत नेपालका धेरैजसो कल्चरल गीतमा पनि उत्तिकै पोख्त छिन् । नेपालमै यति धेरै भाषमा गीत गाउन सक्ने उनी जस्ता कलाकार औंलामा गन्न सकिएला।

 

युवा उमेरमा आफ्नो क्षेत्रकी प्रसिद्ध भलिबल एवं फुटबल खेलाडी रिताले त्यो बेला नेपालका अधिकांश जिल्लामा महिला खेलाडीको रुपमा आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरेकी थिईन्। केही महिना अघि कर्णाली कलाकार प्रतिष्ठानले नेपालमै पहिलोपटक आयोजना गरेको महिलाहरुको मादल वादन प्रतिस्पर्धामा समेत उनी तेस्रो विजेता बनेकी थिईन्।

 

बिना प्रशिक्षण, दोहोरी साँझमा गीत गाउने क्रममा सिकेको भरमा देशव्यापी प्रतिस्पर्धामा तेस्रो भएपछि प्रसिद्ध मादल प्रशिक्षक खड्ग बहादुर बुढासँग उनले राष्ट्रिय नाचघरद्वारा सञ्चालित ६ महिने मादल वादनको तालिम पनि लिईन्। यहाँसम्म आईपुग्न आफ्ना पति गोपाल बहादुर भुजेल र छोराछोरीको पनि उत्तिकै सपोर्ट रहेको बताउँदै असाधारण प्रतिभाकी धनी बहुआयामिक प्रतिभा रिता भन्छिन्- ‘कलाकारिता क्षेत्रमा धेरै काम गर्न सक्छौ भनेर हौसला दिंदै काठमाण्डौ ल्याउने गुरु खड्ग बहादुर बुढा र दण्डपाणि पाण्डे अङ्कललाई कहिल्यै बिर्सन सक्दिन ।’

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...