कला पत्रकारिता सम्मानबाट सबिता पोखरेल र गीता अधिकारी सम्मानित

काठमाडौं । प्रियसी म्यूजिकको आयोजनामा चौथो सिल्भर म्यूजिक अवार्ड २०२५ सम्पन्न भएको छ । म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बविता श्रेष्ठको सभापतित्वमा ‘चौथो सिल्भर म्यूजिक अवार्ड’ चलचित्र विकासबोर्डको हलमा सम्पन्न भएको हो ।

 

संघीय सांसद तथा संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति अमर बहादुर थापाको प्रमुख आतिथ्यतामा उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको थियो । अवार्ड कार्यक्रम गीतसंगीत र चलचित्रका विभिन्न ३० विधामा आयोजना गरिएको थियो ।

 

अवार्डमा गीतसंगीत क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएको कलाकार एवं पत्रकारहरुलाई सम्मान समेत गरिएको थियो । ‘चौथो सिल्भर म्यूजिक अवार्ड’मा पत्रकार सम्मानबाट ऋषि थपलिया, कला पत्रकारिता सम्मानबाट गीता अधिकारी र सबिता पोखरेललाई सम्मानित गरिएको थियो । त्यस्तै कला सम्मानबाट निर्देशक शिशिर बुढाथोकी, मोडल सुनिता खड्का, नवा थापा, सनम कठायत, कमल आचार्य, गायक राजन चौलागाईं खैराते, नवराज ढकाल विनोद सुनार सम्मानित भएका थिए ।

 

त्यसैगरी विभिन्न ३० विधामा आयोजना गरिएको सिल्भर म्यूजिक अवार्डमा सर्वोत्कृष्ट लोकदोहोरी गायक विशाल सोनी (मकै बारी द¥याम द¥याम), सर्वोत्कृष्ट लोकदोहोरी गायीका सविना बुढा मगर (रातो फुल), सर्वोत्कृष्ट लोकदोहोरी शब्द कमला थापा (कोशी सलल), सर्वोत्कृष्ट लोकदोहोरी लय अर्जुन गहिरे (आधा मुटु), सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक रोशन दास (आफनै स्वार्थ), सर्वोत्कृष्ट म्युजिक भिडियो संम्पादक बिनोद बम (रूखैमा पाक्यो मेवा), सर्वोत्कृष्ट नव गायीका आषिका पोख्ररेल (आधा मुटु), सर्वोत्कृष्ट नव मोडल पुरूष श्याम सुनार (मेरो मन तिम्रै भो), सर्वोत्कृष्ट टेलिचलचित्र कलाकार रश्मि पाण्डे (सकिगोनी), सर्वोत्कृष्ट नव मोडल महिला एलिना भण्डारी (प्रेमको बदला), सर्वोत्कृष्ट आधुनिक मोडल पुरूष सुशान्त ढकाल (तिम्रो माया), सर्वोत्कृष्ट आधुनिक मोडल महिला मल्लिका राजोपाध्याय (कल्ले भन्यो), सर्वोत्कृष्ट बालकलाकार सम्मान चौलागाई (चाहान्छु भाग ४), सर्वोत्कृष्ट भाषाभाषी मोडेल मुकेश गुरूङ, सर्वोत्कृष्ट भाषाभाषी गायक रत्नदिप चौधरी (नथिया वाली), सर्वोत्कृष्ट लोकपप गायक महेन्द्रराज वराल (फुल रसैले), सर्वोत्कृष्ट पप डान्सिङ गीत गायक संजिव सिंह राना (तिम्रो प्रोफाईल), सर्वोत्कृष्ट लोक आधुनिक शब्द कृष्ण माया भण्डारी (मनै भरिन्छ), सर्वोत्कृष्ट भिडियो निर्देशक जुरी अवार्ड दिनेश ठकुला (रूने गरायो), सर्वोत्कृष्ट आधुनिक संगीतकार रोशन सिंह (मेरो भाग्यमा नलेखेको मान्छे), सर्वोत्कृष्ट नृत्य निर्देशक नितिन वाइवा (जाउँ कान्छि रेलइमा), सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला गिता ढुगांना (मौरी रसैमा), सर्वोत्कृष्ट आधुनिक गायक ओम सुनार (मायाले सजाउला), सर्वोत्कृष्ट आधुनिक गायीका एलिना चौहान (एक्लै पनि जिन्दगी), सर्वोत्कृष्ट पब्लिक च्वाईस अवार्ड जुना एस.डि (जिन्दगानी के छ र), सर्वोत्कृष्ट नृत्य निर्देशक जुरी अवार्ड सुरेन्द्र बसेल, सर्वोत्कृष्ट बालकलाकार जुरी अवार्ड शृष्टि खडगी, सर्वोत्कृष्ट काठे भाका श्याम प्रसाद तिमल्सिनाले अवार्ड चुम्न सफल भएका थिए । कार्यक्रम लोकप्रिय गायिका शितल शर्माले संचालन गरेकी थिइन् ।

 

अवार्ड कार्यक्रममा नेपाल फिल्म सोसाइटीका अध्यक्ष अभिनेता कृष्ण मल्ल, सोसाइटीका महासचिव चलचित्र निर्माता÷कलाकार राजेश बिसुराल, नृत्य निर्देशक संघ, नेपालका अध्यक्ष भुवन दास श्रेष्ठ, वरिष्ठ लोक तथा दोहोरी गायक चन्द्र शर्मा, गीतकार तथा पत्रकार सुमन पण्डित, कोरियोग्राफर अश्विनीकान्त झा, रिवन इन्टरटेन्टमेन्टका अध्यक्ष निशुकान्त झा, विशिष्ट कलाकार राकेश खडका, निर्देशक रोशन कुमार श्रेष्ठ, गायक शंकर लाल श्रेष्ठ, राष्ट्रिय संगीतकर्मी संघका वरिष्ठ उपाध्यक्ष अमृत खाती, निर्देशक पूजा ठकुरी लगायतको विशेष आतिथ्यता रहेको थियो ।

 

चौथो सिल्भर म्यूजिक अवार्डमा चर्चित अभिनेता केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’को संयोजकत्वमा निर्देशक दिवाकर भटटराई, नृत्य निर्देशक केशव कोइराला, निर्देशक उमेश गुरूङ, अभिनेता धु्रव न्यौपाने, गायिका शान्ति कुमारी शाही, मोडल संचिता शाही निर्णायक मण्डलमा रहेका थिए । कार्यक्रममा चर्चित कलाकारहरूको प्रस्तुति रहेको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

वि.सं.२०८३ साउन ९ शनिवार १४:३५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार ०९:१८

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...