नेरिक एकेडेमीको आयोजनामा यही साउन ३१ गतेका दिन “उपत्यका ब्यापी बिधालय स्तरिय तीज नृत्य प्रतियोगिता – २०८२” हुने

काठमाडौं। शैक्षिक क्रियाकलाप संग संगै अतिरिक्त क्रियाकलापहरुमा बिशेष ध्यान दिदै आएको र प्रत्यक बर्ष उत्कृष्ट नतिजा प्रदान गर्दै आएको काठमाडौं, बानेश्वर स्थित नेरिक एकेडेमीले यही साउन ३१ गतेका दिन आफ्नै प्राङ्गणमा “उपत्यका ब्यापी बिधालय स्तरिय तीज नृत्य प्रतियोगिता – २०८२” सम्पन्न गर्ने भएको छ। नेसरक एकेडेमीले प्रत्यक बर्ष उपत्यका ब्यापी बिधालय स्तरिय तीज नृत्य प्रतियोगिता आयोजना गर्दै आईरहेको छ। यस बर्ष पनी नेरिक एकेडेमीले सो प्रतियोगितालाई निरन्तरता दिन लागेको हो।

नृत्य प्रतियोगिताद्धारा मौलिक पर्व हरिताालिका तीज भब्य रुपमा मनाउने, बिधार्थीहरुमा भएको अन्तर्निहित प्रतिभालाई दर्शकसामु प्रस्तुत गर्ने, बिभिन्न बिधालयहरु बिच स्थायी सम्बन्ध स्थापित गर्ने, बिधार्थी कलाकार भाई बहिनीहरुलाई हौसला प्रदान गर्ने, बिभिनन बिधालयका बिधार्थीहरु बिच आत्मियता बढाउने आदी उदेश्यले सो प्रतियोगिताको आयोजना गर्न लागिएको कुरा नेरिक एकेडेमीका प्रिन्सिपल मिलन कंडेल क्षत्री बताए।

“उपत्यका ब्यापी बिधालय स्तरिय तीज नृत्य प्रतियोगिता – २०८२” बिहान १० बजे देखी सााझ ५ बजे सम्म सञ्चालन हुने छ। उपत्यका ब्यापी बिधालय स्तरिय तीज नृत्य प्रतियोगितामा प्रमुख अतिथीको रुपमा नेपालको प्रथम नायिका भुवन चन्द रहने छिन्। उपत्यका ब्यापी बिधालय स्तरिय तीज नृत्य प्रतियोगिता २०८२ मा कलाकारहरु, शिक्षाप्रेमी, समाजसेबी, बिधार्थीहरु लगायत थुप्रै ब्यक्तिहरुको उपस्थिती रहने छ। एउटा नृत्य समुहमा १६ जनाका दरले ५० वटा बिधालयबाट ८०० जना बिधार्थी कलाकार उपस्थित गराउने लक्ष्य रहेको कुरा नेरिक एकेडेमीका प्रिन्सिपल मिलन कंडेल क्षत्री बताए।

साथै तीज बिशेष मौलिक हुनुपर्ने, समुहमा कम्तीमा १२ जना र बढीमा १६ जना सम्मले नृत्य गर्न सक्ने, नृत्य गर्ने समय ५ मिनेट हुने, आफुलाई चाहिने भेषभुषा र गीत आफैले लिएर आउन पर्ने, प्रतियोगितामा १० कक्षा सम्मले भाग लिन पाउने, एउटा समुहको दर्ता शुल्क ५ हजार रुपैया नेरिक एकेडेमी परिवारले निती निर्माण गरेको कुरा पनि प्रिन्सिपल मिलन कंडेल क्षत्री जानकारी गराए।

“उपत्यका ब्यापी बिधालय स्तरिय तीज नृत्य प्रतियोगिता – २०८२” मा प्रथम पुरस्कार २० हजार रुपैया, ट्रफी र प्रमाण पत्र, द्धितिय पुरस्कार १५ हजार रुपैया, ट्रफी र प्रमाण पत्र, तृतिय पुरस्कार १० हजार रुपैया, ट्रफी र प्रमाण पत्र, सान्त्वना पुरस्कार ५ हजार रुपैया, ट्रफी र प्रमाण पत्र (चौथो र पाँचौ समुहलाई), उत्कृष्ट कोरियोग्राफरलाई ५ हजार रुपैयार प्रमाण पत्र रहेको कुरा आयोजक पक्षले जानकारी गराएको छ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...