शैमन पिक्चर प्रा.लि. को प्रस्तुतीमा तीज बिशेष गीत “भाग्य खुलाईदेउ” सार्वजनिक

वि.सं.२०८२ साउन २८ बुधवार १३:३९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आउन बाँकी नै छ। तर पनि तीज गीतहरु आउनेक्रम जारी छ।
सोही क्रममा शैमन पिक्चर प्रा.लि. को प्रस्तुतीमा तीज बिशेष गीत “भाग्य खुलाईदेउ” सार्वजनिक भएको छ। यस गीतमा कृष्णराज भण्डारीको शब्द, सैलेश पहरीको संगीत रहेको छ भने कृष्णराज भण्डारी, सन्तोष प्रगाढ, सिमरोन श्रेष्ठ, पुष्पा कार्की आदीको स्वर रहेको छ।
यस गीतको भिडियोमा सागर लामाको निर्देशन, अमित बिकको छायांकन, राजेश बोहराको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा सैलेश पहरी, भरत खड्का दिब्या बयलकोटी आदीको अभिनय रहेको छ। यस गीतलाई सैलेश पहरीको युटुब च्यानबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

वि.सं.२०८२ साउन २८ बुधवार १३:३९