गायक एवं सर्जक भरत परियारको “तीजैको लहर मनै हरर” बोलको तिज गीत सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आउन बाँकी नै छ। तर पनि तीज गीतहरु आउनेक्रम जारी छ।

 

सोही क्रममा गायक एवं सर्जक भरत परियारले  “तीजैको लहर मनै हरर” बोलको तीज गीत सार्वजनिक गरेका छन्। गायक भरत परियार र गायिका सुनितामी परियारको आवाज रहेको उक्त गीतको भिडियो भरतले आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन्।

 

आउँदै गरेको हिन्दू महिलाहरुको महान् पर्व हरितालिका तिजको अवसर पारेर यस गीत दर्शक स्रोता माझ ल्याएको गायक परियारले बताए। गीतको शब्द र संगीत पनि गायक परियार कै रहेको छ भने गीतमा रमेश सेञ्चुरीको संगीत संयोजन, समित परियारको ध्वनी सम्पादन रहेको छ।

त्यस्तै भिडियोमा नरेन्द्र बहादुर धामीको निर्देशन रहेको छ भने सरोज शाहीले छायांकन गरेका हुन्। सुरज आचार्यले गीतको कोरियोग्राफी गरेका छन्। उक्त भिडियोमा भिडियोमा विजय केसी, अस्मिता बस्नेत, देवकुमारी खड्गी, डिके सुनार लगायतको अभिनय रहेको छ।

 

यस भन्दा अगाडि पनि आफूले धेरै गीतहरु बजारमा ल्याइसकेको जनाउँदै गायक परियारले यस पछिल्लो गीत ‘करिम’ मार्फत ठूलो सफलताको अपेक्षा गरेको बताए ।

 

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

वि.सं.२०८२ कात्तिक ९ आइतवार ०८:१३

भारतमा बैंक लुटेको आरोपमा नायक पल शाहको हातमा हत्कडी लागेको...

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार १२:१५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार ११:५७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

वि.सं.२०८२ असोज २५ शनिवार १०:५५

काठमाडौं । नेपालको भू–अधिकार र राष्ट्रिय स्वाभिमानलाई कूटनीतिक मार्गबाट स्थापित...

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

वि.सं.२०८२ असोज २३ बिहीवार १०:४८

काठमाडौं। हिन्दुहरुको महान पर्व बडा दशैं सकिए लगत्तै नेपाली गीतहरु...

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

वि.सं.२०८२ असोज ११ शनिवार १०:२५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...