गायक एवं सर्जक भरत परियारको “तीजैको लहर मनै हरर” बोलको तिज गीत सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आउन बाँकी नै छ। तर पनि तीज गीतहरु आउनेक्रम जारी छ।

सोही क्रममा गायक एवं सर्जक भरत परियारले  “तीजैको लहर मनै हरर” बोलको तीज गीत सार्वजनिक गरेका छन्। गायक भरत परियार र गायिका सुनितामी परियारको आवाज रहेको उक्त गीतको भिडियो भरतले आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन्।

आउँदै गरेको हिन्दू महिलाहरुको महान् पर्व हरितालिका तिजको अवसर पारेर यस गीत दर्शक स्रोता माझ ल्याएको गायक परियारले बताए। गीतको शब्द र संगीत पनि गायक परियार कै रहेको छ भने गीतमा रमेश सेञ्चुरीको संगीत संयोजन, समित परियारको ध्वनी सम्पादन रहेको छ।

त्यस्तै भिडियोमा नरेन्द्र बहादुर धामीको निर्देशन रहेको छ भने सरोज शाहीले छायांकन गरेका हुन्। सुरज आचार्यले गीतको कोरियोग्राफी गरेका छन्। उक्त भिडियोमा भिडियोमा विजय केसी, अस्मिता बस्नेत, देवकुमारी खड्गी, डिके सुनार लगायतको अभिनय रहेको छ।

यस भन्दा अगाडि पनि आफूले धेरै गीतहरु बजारमा ल्याइसकेको जनाउँदै गायक परियारले यस पछिल्लो गीत ‘करिम’ मार्फत ठूलो सफलताको अपेक्षा गरेको बताए ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रौतहटकी सान प्रतिभाशाली गायिका वर्षा दास

रौतहटकी सान प्रतिभाशाली गायिका वर्षा दास

वि.सं.२०८२ माघ १ बिहीवार ०५:४१

गायिका वर्षा दास यतिबेला चीनको ल्हासामा छिन् । ल्हासा स्थित...

म्याग्देली गायक राजन भुजेल बिश्वकर्माको नयाँ मौलिक गीत “दुई खोली दोभान” सार्वजनिक

म्याग्देली गायक राजन भुजेल बिश्वकर्माको नयाँ मौलिक गीत “दुई खोली दोभान” सार्वजनिक

वि.सं.२०८२ पुस ३० बुधवार ०५:४३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

वि.सं.२०८२ पुस २९ मंगलवार १३:०३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन “म्युजिक भिडियो कलाकार संघ नेपाल”...

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ पुस २८ सोमवार १३:१८

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

वि.सं.२०८२ पुस २३ बुधवार १२:३५

ललितपुर । "पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२"  मंसिर...