गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक
वि.सं.२०८२ कात्तिक १ शनिवार १२:१५
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक भएको छ।
यस गीतमा मिन प्रकाश ओली, अञ्जिता बिश्वकर्मा, प्रश्न कंडेलको स्वर रहेको छ भने मिन प्रकाश ओलीको शब्द, संगीत रहेको छ। यस गीतलाई केबी भण्डारीले एरेञ्ज गरेका हुन् भने बिमल छिनालले मिक्सिङ गरेका हुन्।
भिडियोमा मिन प्रकाश ओलीले निर्देशन गरेका छन् भने राजेश बोहराको छायांकन, अमित बिश्वकर्माको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा जुना कार्की, बाबुराम सुनार, शर्मिला पौडेल, मिन प्रकाश ओली, श्रिभा नेपाल आदीको अभिनय रहेको छ। यस गीतलाई जानकी म्युजिकको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८२ कात्तिक १ शनिवार १२:१५















